युरोप जाँदै 'मालिनी'

आइतबार, ०४ असार २०७४, १० : २८ नागरिक


काठमाडौं- नोबेल पुरस्कार विजेता बंगाली साहित्यकार रवीन्द्रनाथ टेगोरको चर्चित नाटक 'मालिनीः द प्रिन्सेस अभ गार्डेन' युरोपका विभिन्न सहरमा मञ्चन हुने भएको छ। विमल सुवेदीको निर्देशनमा तयार भएको नाटक बर्लिनलगायत जर्मनीका विभिन्न सहर र बेल्जियममा  मन्चन हुन लागेको हो। जिवेश रायमाझीले नेपालीमा अनुवाद गरेको नाटकको टोली आउँदो ६ गते २१ दिने युरोप भ्रमणमा निस्कने छ। 

नाटकमा राजेन्› श्रेष्ठ, सुजन ओली, दिपेश राई, जेनी सुनुवार र नवराज पराजुलीको अभिनय रहेको छ । नाटकमा दिलिप रानाभाटले  ध्वनि व्यवस्थापन र विपुल पाण्डेले  प्रकाश संयोजनको जिम्मेवारी निर्वाह गर्नेछन्। 

नाटक सन् २०१४ मा  'नेसनल एकेडेमी अफ पर्फर्मेन्स आर्ट' पाकिस्तानमा मन्चन भएको थियो। स्न २०१६ मा भने नाटक भारतको  हरियाणा, राजस्थान र गोवामा त्यहाँको संस्कृति मन्त्रालयसँगको सहकार्यमा मन्चन भएको थियो । निर्देशक सुवेदीले 'मालिनी'को मन्चनलाई  विश्व रंगमंचमा नेपाली नाटकको स्तर देखाउने मौकाको रूपमा लिएको बताएका छन्। नाटकको 'प्ले मेकिङ प्रोसेस' र 'न्यारेटिभ'मा गरेको नयाँ प्रयोग युरोपियन दर्शकले पनि रुचाउने उनको विश्वास छ।

भौतिक रूपमा नाटकघर बन्द भएपछि पनि नेपाली नाटकलाई  अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्‍याउने  क्रममा बेलायत, भारत, पाकिस्तानको यात्रापछि थिएटर भिलेज युरोप यात्रामा निस्केको हो।  यो यात्रापछि अन्तर्राष्ट्रिय नाटकबाट केही समयलाई विश्राम लिँदै थिएटर भिलेज नेपालमा नयाँ नाटकघर निर्माणमा जुट्ने भिलेजका अध्यक्ष जिवेश रायमाझीले बताएका छन्। नाटकले काशीकी राजकुमारी मालिनीले हिन्दू धर्म छाडेर बौर्द्ध धर्म ग्रहण गरेपछि राज्यमा आएको उथुलपुथललाई विषय बनाएको छ।






यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

पारिजातलाई सम्झँदा (भिडियो)

नेपाली साहित्यमा पारिजातको नाम उच्चस्थानमा छ। विस १९९४ बैशाखमा दार्जिलिङमा जन्मिएकी पारिजातको 'सिरिसको फूल' चर्चित उपन्यास हो। बुधबार उनको २४...

पूजा हेगडेको चर्चा

पूजा हेगडेको चर्चा

बलिउडकी अभिनेत्री पूजा हेगडे पुनः एक पटक चर्चामा छिन् । ‘बाहुबली’ सुपरस्टार प्रभासको आगामी फिल्मकी नायिका हुने घोषणासँगै हेडलाइनमा छाएकी...

मनोज गजुरेल फिल्ममा

मनोज गजुरेल फिल्ममा

पछिल्लो वर्षमा कमेडी कलाकार अभिनित फिल्मले बक्स अफिसमा उत्कृष्ट व्यापार गर्न थालेपछि फिल्म निर्माताहरू कमेडी कलाकारलाई लिएर धमाधम फिल्म बनाउन...

युवराजको ‘देउरालीको फूल’

गीतकार युवराज अधिकारीको पहिलो गीति संग्रह ‘देउरालीको फूल’ बजारमा आएको छ । साहित्यमा पनि सक्रिय गीतकार अधिकारीको गीति संग्रहमा ६...

Fixed Ad