४ वैशाख २०८१ मंगलबार
खेल

‘कोहली अद्भुत’

लन्डन(एएफपी)– दक्षिण अफ्रिकाका कप्तान एबी डी भिलियर्सले भारतीय कप्तान विराट कोहलीलाई ‘विश्वकै अद्भुत क्रिकेटर’ को संज्ञा दिएका छन्।

च्याम्पियन्स लिगमा ३ अर्धशतक प्रहार गरेका कोहली हालै एकदिवसीय क्रिकेट वरीयताक्रमको शीर्ष स्थानमा फर्किएका थिए। उनले हालसम्म एकदिवसीय क्रिकेटमा ५४.०७ को औसतमा ८ हजार ८ रन जोडेका छन्।

‘उनी प्रतिभावान क्रिकेटर हुन् तर उनी प्रतिभाभन्दा बढी लगन र कडा मेहनतमा विश्वास गर्ने खेलाडी हुन्,’ शनिबार बीबीसीको  कोलममा डी भिलियर्सले लेखेका छन्।

दक्षिण अफ्रिका एकदिवसीय वरीयताक्रमको शीर्ष टोली भए पनि सोचेअनुरूपको प्रदर्शन गर्न नसकेकोमा निराश देखिएका डी भिलियर्सले दबाबका बावजुद कोहलीले च्याम्पियन्स ट्रफीमा भारतलाई राम्रो नेतृत्व प्रदान गरेको बताए।

‘लगनशील र प्रतिभावान् खेलाडी भए तापनि कोहलीले दबाबलाई पनि सहज रूपमा लिँदै स्वाभाविक खेल खेल्छन्,’ एकदिवसीय क्रिकेट जीवनमा पहिलो पटक डकआउट भएका डी भिलियर्सले भने, ‘तपाईं भारत भ्रमणमा जानुभयो भने हरेक विज्ञापनको बोर्डमा कोहलीको तस्बिर देख्न सक्नुहुन्छ । १ अर्ब ३० करोड जनतामाझ सबैभन्दा चर्चित खेलाडी हुँदा त्यसले आफैँमा एक प्रकारको दबाब सृजना गर्छ । उनी सहरमा हिँडडुल गर्दा उनीसँग सेल्फीका लागि आग्रह नगर्ने कमै मानिस भेटिन्छन् जुन हामीले पत्रपत्रिका तथा सामाजिक सञ्जालमा सहजै देख्न सक्छांै । उनले आफूलाई यो वास्तविकतासँग ढालेका छन्।’

प्रकाशित: ५ असार २०७४ ०२:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App