८ वैशाख २०८१ शनिबार
खेल

चर्चित खेलाडी ताक्दै चिनियाँ क्लब

सांघाई(एएफपी)– विश्व फुटबलमा नाम चलेका केही खेलाडी चीन आउने खबर सार्वजनिक भइरहेको छ। तर सोमबारबाट खुल्ने सरुवामा बजारमा खेलाडी स्थानान्तरणमा क्लबले खर्च गर्ने रकममा १ सय प्रतिशत कर लाग्ने भएपछि यसले सरुवा बजार अझ धेरै तताउने देखाएको छ ।

हाल म्यानचेस्टर युनाइटेडका वाइन रुनी, चेल्सीका डिएगो कोस्टा र बोरुसिया डर्टमन्डका पिएरे इमरिक औबामेयाङजस्ता विश्व चर्चित स्ट्राइकर चाइनिज सुपर लिग (सिएसएल) आउन चाहेको खबर सार्वजनिक हुँदै आएको छ । यसले हालैको सिजन विश्व चर्चित खेलाडी भिœयाउन कीर्तिमानी रकम खर्चेका चाइनिज सुपर लिग टोलीले यस सिजन पनि ठूलो रकम खर्चने देखाएको छ ।

गत सिजन सांघाई एसआइपिजीले ब्राजिलियन मिडफिल्डर ओस्कारलाई चेल्सीबाट टोलीमा भिœयाउन ६० लाख युरो खर्चेको थियो । त्यस्तै सांघाई सिन्ह्वाले अर्जेन्टिनी स्ट्राइकर कार्लोस टेभेजलाई बोका जुनियर्सबाट कीर्तिमानी रकममा भित्र्याएको थियो । जनवरी– फेब्रुअरीमा खुलेको सरुवा बजारमा चिनियाँ क्लबहरूले खेलाडी भित्र्याउन ३८ करोड ८० लाख युरो खर्चेका थिए ।

तर मेमा चाइनिज फुटबल एसोसिएसन सिएफएले मोटो रकम खर्चमा अंकुश लगाउँदै घाटामा रहेका क्लबलाई खेलाडी भिœयाउँदा १ सय प्रतिशत जरिवाना लगाउने निर्णय लिएको थियो । जुन आम्दानी सरकारले सञ्चालन गरेको कोशमा जम्मा हुनेछ ।

अर्को सिजन हुने प्रत्येक खेलमा क्बलहरूले विदेशी खेलाडी भन्दा यु–२३ का धेरै खेलाडी मैदान उतार्नुपर्नेछ। तर उक्त खेलाडीले राष्ट्रिय टोलीबाट कम्तीमा तीन खेल खेलिसकेको हुनुपर्नेछ ।

फुटबल संघले कार्यान्वयनमा ल्याएको नियम पालना गर्न क्लबले विभिन्न बाहानाबाजी गरेपछि यसै हप्ता सिएफएले पहिलाको नियम संशोधन गर्ने प्रस्ताव अघि सारेको छ ।

चिनियाँ फुटबल विश्लेषकहरूले नयाँ नियमले क्लबले नयाँ खेलाडी भिœयाउन खर्चने रकममा कटौती हुने र पहिलाको जस्तै करिबकरिब खेलजीवनको अन्त्यमा आइसकेका खेलाडीलाई भिœयाउनका प्रोत्साहन गर्ने बताउँदै आएका छन् ।

‘फुटबल संघले लागू गरेको नयाँ नियमले सिएसएलमा करिबकरिब खेलजीवनको अन्त्यमा आइसकेका धेरैभन्दा धेरै खेलाडी भिœयाउन मद्दत गर्छ र मेरो विचारमा अर्को सिजनबाट हामीले वाइन रुनीजस्ता खेलाडी सिएसएलमा भिœयाएको हेर्न सक्नेछौं,’ खेलकुदको क्षेत्रमा लगानी गर्दै आएको मेलम्यानका खेलकुद निर्देशक एन्डे स्ट्रोङले भने, ‘फाबियो कापेलोले भर्खरै प्रशिक्षकका रूपमा जियाङसु सुनिङको प्रशिक्षण सम्हालेका छन् । रुनी सरुवा बजारमा उपलब्ध हुनेछन् । अन्तर्राष्ट्रिय फुटबलकै यो चर्चित नाम हो र उनलाई चिनियाँ लिगमा भिœयाउँदा समग्र सिएसएलकै प्रतिष्ठा बढ्नेछ ।’

 

प्रकाशित: ५ असार २०७४ ०२:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App