धेरैले भन्छन्–हरेक मान्छेभित्र एउटा न एउटा कला लुकेको हुन्छ। आफूभित्रको कला बेलैमा चिन्ने हजारौंमा एक हुन्छन् भने पहिचान गर्न नसक्ने आफूभित्रै हराइरहेका हुन्छन्।
समयमै आफूभित्रको कला चिन्नेमा पर्छन्–ललितपुर चापागाउँका अजय देसार । उनको बाल्यकालदेखिकै रुचि थियो, चित्र कोर्नु । आफूूलाई चित्रकलाका क्षेत्रमा उभ्याउन उनले कडा मेहनेत र कसरत गरे। नयाँ पुस्तालाई चित्रकला तालिम दिन उनले ‘योङ पिकासो’ विद्यालय स्थापनासमेत गरे।
आफूले शिक्षकसँग चित्रकला सिक्दा धेरै दुःख भएको र नयाँ पुस्तालाई झन्झट र दुःख नहोस् भन्न ‘आर्ट स्कुल’ खोलेको उनी बताउँछन् । ‘चित्रकलाको क्षेत्रमा केही गर्नु मेरो सानैदेखिको रुचि हो, हिजो मैले जति दुःख गरेर चित्र कोर्न सिके, त्यो दुःख नयाँ पुस्तामा नहोस् भन्न स्कुल स्थापना गरेको हुँ,’ उनले भने ।
उनले अहिले पाटन क्षेत्रमा युवा–युवतीलाई तालिम दिँदै आएका छन् । भ्याएसम्म नेपालका अरु जिल्लामा पुगेर पनि चित्रकलाको तालिम दिन्छन् । ‘सन्तानलाई टिभी र भिडियो गेमको लत छुटाउन पनि अभिभावकले आर्ट स्कुल रोज्ने गरेकाले मेरो ध्यान त्यता गएको हो,’ कलाका पारखी देसारले भने, ‘गर्ने हो भने हरेक क्षेत्रमा कला छ, खानेकुरामा पनि कला छ, सजाएर राखिन्छ, सुत्ने ठाउँ चट्ट पारिन्छ, आखिर मानिसको जीवन नै अनेक कलाले चलेको छ ।’
उनी करिब २० वर्षअघिदेखि कला क्षेत्रमा लागेका हुन् । सुरुवाती दिनमा उनका ‘पेन्टिङ’ बिकेनन् । तर, अहिले उनीबाट कला सिक्ने र उनका कला खोज्नेहरू घरमै आइपुग्छन् । देसार समयसापेक्ष र आधुनिक खालका चित्र कोर्न रुचाउँछन् । उनी सुरुवाती चरणमा आफ्नो चित्रलाई मोहरमासमेत बेचेका थिए ।
१५ वर्षपहिले उनीसँगै चित्र कोर्न हिँड्ने धेरै थिए । तर, त्यसलाई धेरैले निरन्तरता दिन सकेनन्, देसार भने अविचलित रूपमै चित्रकारितामै रमाइरहे ।
१६ वर्षकै उमेरमा उनी ललितपुरका विभिन्न ठाउँमा घुमेर चित्र बनाउथे । कसैको केहि बिगार देखेपछि त्यसलाई तुरुन्तै चित्रमा उतार्थे । किशोरवस्थामा चित्र कोर्दा तीतो अनुभव रहेको उनी सुनाउँछन् । ‘चित्र कोर्दै गाउँगाउँ हिँड्दा धेरैपटक लखेटिएँ,’ उनले भने, ‘विद्युत लाइनबाट गाउँलेले बिजुली चोरी गरेर चित्र कोर्दा झण्डै कुटाइ खाइयो ।’
उनले विदेशमा समेत गएर चित्रकलाको तालिम दिएका छन् । पाँच वर्षअघि उनी बेलायतमा चित्रकला अध्ययनका लागि पुगेका थिए । त्यहाँका अग्रज चित्रकारसँगको संगतले उनले झनै तिखारिने मौका पाए । तीन वर्षीय बेलायत बसाइका क्रममा राष्ट्रिय कला प्रदर्शनीमा भाग लिने अवसर जु¥यो उनलाई ।
लण्डनमा आफ्नो सीप देखाएर उनले थोरै भए पनि आम्दानी गरे । त्यहाँ गरेको आम्दानी उनले अहिले नेपालका गाउँगाउँ पुगेर कलाको प्रवद्र्धनमा खर्चेको बताउँछन् । उनले खोलेको ललितपुरको सौगलस्थित ‘योङ पिकासो’ सामुदायिक कला विद्यालयमा चित्रकारले सिक्ने अवसर पाउँछन् । उनी भन्छन्, ‘नयाँ पुस्ताले चित्रकलामा दख्खल राख्न सकुन् भनेर मैले विद्यालय खोलेको हुँ ।’
एक दशकअघि ललितकला क्याम्पसबाट कलामा स्नातक गरेका उनी आफूले जानेको सीपलाई सरकारी र निजी गरी आधा दर्जन विद्यालयमा गएर सिकाएको बताउँछन् । उनले चित्रकलासँगै कार्टुन र फोटोग्राफी समेत गरे ।
काठमाडौं उपत्यकामा नेवार समुदायले मनाउने विभिन्न जात्रालाई आफ्ना चित्रमा उर्ताने देसार मौलिक संस्कृतिलाई प्रेम गर्छन् । चित्रकलामा आफ्नै संस्कृति, परम्परा र मौलिक शैलीलाई जोड दिन सके यसको थप विकास र विस्तार हुन सक्ने उनको भनाई छ । ‘पहिले पहिले विदेशीलाई मात्र लक्षित गरेर चित्र कोरिन्थ्यो अचेल नेपालीलाई पनि टार्गेट गरी पेन्टिङ गर्ने क्रम बढेको छ,’ उनी भन्छन्, ‘मात्र कलाकारको सिर्जनाले सुलभ बजार पाउनुपर्छ ।’ उनी सरकारले प्रोत्साहन गर्ने हो भने कलाकार उदाउन सक्ने बताउँछन्। देसारले चम्पापुर जेसिस नेपालबाट चित्रकलाबाटै ‘सिआई वेस्ट अवार्ड’ पाएका थिए ।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...
वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...
घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।
फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...
बलिउडकी अभिनेत्री पूजा हेगडे पुनः एक पटक चर्चामा छिन् । ‘बाहुबली’ सुपरस्टार प्रभासको आगामी फिल्मकी नायिका हुने घोषणासँगै हेडलाइनमा छाएकी...
पछिल्लो वर्षमा कमेडी कलाकार अभिनित फिल्मले बक्स अफिसमा उत्कृष्ट व्यापार गर्न थालेपछि फिल्म निर्माताहरू कमेडी कलाकारलाई लिएर धमाधम फिल्म बनाउन...
गीतकार युवराज अधिकारीको पहिलो गीति संग्रह ‘देउरालीको फूल’ बजारमा आएको छ । साहित्यमा पनि सक्रिय गीतकार अधिकारीको गीति संग्रहमा ६...
राई जातिको साकेला शिलीको प्रचारप्रसार एवम् प्रवद्र्धनका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– १३ नुनथलास्थित नुनथला युवा सेवा समाजले साकेला शिली...
यसमा तपाईको मत