गोरखा – गोरखा नगरपालिका–१२ र पालुङटार नगरपालिका–१० जोड्ने गरी दरौंदी नदीमाथि दसकिलो घाटमा बन्नुपर्ने पक्की पुल सम्झौता भएको एक वर्षसम्म निर्माण सुरु भएको छैन । गत वर्ष जिल्ला समन्वय समितिसँग ठेक्का सम्झौता गरेको एड्भेन्चर धनथान जेभीले झन्डै ३० लाख पेस्की लगेर पनि काम सुरु गरेको छैन ।
‘काम सुरु भएको छैन, अघिल्लो वर्ष काम थाल्छु भनेर पेस्की लगेपछि ठेकेदारले काम गरेन,’ स्थानीय विकास अधिकारी नारायण आचार्यले भने, ‘समय छँदासम्म काम नगरी बस्ने परिपाटीले विकासे काम ढिलो भो ।’ काम नै सुरु नगरी निर्माण जिम्मा लिएको कम्पनीले योजनाको म्याद थप गर्न जिल्ला विकास समितिसँग अनुमति मागेको उनले बताए ।
चार करोड ६ लाख रुपैयाँमा बन्ने उक्त मोटरेबल पुल नहुँदा मिरकोट र दसकिलो आउजाउ गर्न समस्या भएको गुनासो स्थानीयको छ । ‘पक्की पुल बन्छ भनेर एक वर्षअघि मान्छेहरु आएका थिए,’ स्थानीय हर्कबहादुर कुमालले भने, ‘तीन महिनाअघि खनेको खाल्डो पनि पुरिइसक्यो ।’ निर्माण जिम्मा लिएको धनथान जेभीले तीन महिनाअघि पक्की पुल निर्माण गर्न दसकिलोतर्फ खनेको खाल्डो पुरिएको छ ।
पालुङटारतर्फ भने कुनै पनि काम भएको छैन । त्यहाँ पुल निर्माण गर्न मिल्ने खालको भौगोलिक बनोट नभेटिएको र माटो धेरै भेटिएपछि डिजाइन परिर्वतन गर्नुपर्दा समय लागेको निर्माण कम्पनीका रामराज पौडेलले बताए । ‘आउँदा एक–दुई महिनाभित्र निर्माण सुरु हुन्छ, पुलको डिजाइन केही बदल्नुपर्ने भएकाले समय लागेको हो,’ काम ढिलो भएको विषयलाई ढाकछोप गर्दै उनले भने । उक्त पुल ४०–४० मिटरको दुई ब्लकमा निर्माण हुनेछ ।
यो बाहेक पनि भुसुण्डे खोलामा एक करोड २० लाख र मुच्चोक तामलाबोट जोड्ने गरी तीन करोड ५२ लाखमा पुल निर्माण भइरहेको छ । यी दुवै पुल धनथान जेभीले निर्माण गरिरहेको छ । एउटा निर्माणको अन्तिम चरणमा पुगे पनि अर्कोको आधामात्रै काम सकिएको छ । खारखोलामा बन्नुपर्ने पक्की पुल भने वर्ष दिनसम्म ठेक्का लाग्न सकेन ।
दुईपटक टेन्डर आह्वान गर्दा समेत ठेक्का नलागेको र पुन टेन्डर गर्ने तयारी भइरहेको जिल्ला समन्वय समितिले जनाएको छ । जिल्ला समन्वय समिति अन्तर्गत यो वर्ष चारवटा पक्की पुल निर्माणका लागि झन्डै ११ करोड रुपैयाँ जिल्ला आएको थियो । असार मसान्तसम्म सिध्याउनुपर्ने पुल निर्माण कार्य निकै सुस्त देखिन्छ ।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...
वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...
घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।
फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...
गजलकार डा. प्रदीप मैलानीले ‘नसुतेको रात’ गजलसङ्ग्रह बजारमा ल्याएका छन्। काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. गंगाप्रसाद...
जधानीको गोल्फुटारस्थित लोयल्टी एकेडेमीमा अध्ययनरत अस्मिता खड्का यो वर्षको ‘राइजिङ स्टार’ विजेता बनेकी छन्। ...
गायक तथा संगीतकार प्रेमध्वज प्रधानलाई ‘अजर अमर सम्मान २०७५’ बाट सम्मान गरिने भएको छ । संगीतकार संघ नेपालले शुक्रबार काठमाडौंबाट...
पछिल्लो समयमा प्रेमकथाका फिल्म बन्ने र रिलिज हुने क्रम बढ्दो छ । यही मेसोमा प्रेमकथाकै कुरा बोल्ने नयाँ फिल्म ‘प्रेमवाणी’को...
यसमा तपाईको मत