७ वैशाख २०८१ शुक्रबार
समाज

पक्राउ परेका व्यक्ति हतकडीसहित फरार

सिन्धुली – प्रहरी नियन्त्रणमा रहेका एक व्यक्ति गए राति फरार भएका छन् । 

सबै प्रहरी सुतिरहेको अवस्थामा सिन्धुलीको चकमके प्रहरी चौकीबाट हतकडीसहित उनी फरार भएको हो । 

फरार हुनेमा तीनपाटन गाउँपालिका–११ लाम्पान्टारका २३ वर्षीय चन्द्रबहादुर श्रेष्ठ रहेको छ । श्रेष्ठले मदिरा सेवन गरी श्रीमती, परिवारका सदस्य तथा छिमेकी समेतलाई कुटपिट गरेको उजुरी परेपछि प्रहरी चौकी चकमकेले आइतबार उनलाई पक्राउ गरेको थियो । पक्राउ गरिएका श्रेष्ठलाई प्रहरी चौकीमा नै प्लास्टिकको कुर्सीमा पछाडि हात राखेर बाँधी हतकडी लगाएको थियो । 

फरार श्रेष्ठको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक सुभाषचन्द्र बोहोराले बताए। रासस 

प्रकाशित: ५ असार २०७४ ०८:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App