सुक्खा बन्दरगाहको काम कारबाही ठप्प

सोमबार, ०५ असार २०७४, १४ : ४९ नागरिक


पर्सा – भारतीय रेल सञ्जालसंग जोडिएको मुलुककै एक मात्र वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाहको काम कारबाही ठप्प भएको छ । 

विषालु सर्पको डसाइबाट मृत्यु भएका मजदुरका आफन्तले उचित क्षतिपूर्तिको माग गर्दै बन्दरगाहको प्रमुख प्रवेशद्वार नै अवरुद्ध गरेपछि गए राति १० बजेदेखि काम कारबाही ठप्प भएको हो । 

बन्दरगाहको लोडिङ अनलोडिङ यार्डमा काम गर्ने मजदुर वीरगन्ज उपमहानगरपालिका–१८ का ३५ वर्षीय राजकिशोर साहको आइतबार राति विषालु सर्पको डसाइबाट मृत्यु भएको थियो । शौच गर्न गएको बेला विषालु सर्पले टोक्दा गम्भीर घाइते भएका उनको उपचारका क्रममा नारायणी उपक्षेत्रीय अस्पताल बीरगन्जमा मृत्यु भएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख ऋषिकुमार ढुङ्गानाले जानकारी दिए। 

मृतक साहका आफन्तले उचित क्षतिपूर्तिको माग गर्दै बन्दरगाहको प्रमुख प्रवेशद्वारमा नै शव राखेर प्रदर्शन गरिराखेको त्यहाँबाट हुने मालवस्तुको ढुवानी कार्य अवरुद्ध भएको सुक्खा बन्दगाह सञ्चालक कम्पनी हिमालियन ट्रमिनल्सले जनाएको छ । रासस 






यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

थिएटर ग्यारेजमा बाल नाटक

थिएटर ग्यारेजमा बाल नाटक

अभिनयको प्रशिक्षण लिइरहेका बालबालिकाहरुले एकै मञ्चमा एकै दिन तीन नाटक मञ्चन गरेका छन् । उनीहरुले आफ्ना आमाबुबाको स्नेह र कमजोरी...

पारिजातलाई सम्झँदा (भिडियो)

नेपाली साहित्यमा पारिजातको नाम उच्चस्थानमा छ। विस १९९४ बैशाखमा दार्जिलिङमा जन्मिएकी पारिजातको 'सिरिसको फूल' चर्चित उपन्यास हो। बुधबार उनको २४...

पूजा हेगडेको चर्चा

पूजा हेगडेको चर्चा

बलिउडकी अभिनेत्री पूजा हेगडे पुनः एक पटक चर्चामा छिन् । ‘बाहुबली’ सुपरस्टार प्रभासको आगामी फिल्मकी नायिका हुने घोषणासँगै हेडलाइनमा छाएकी...

मनोज गजुरेल फिल्ममा

मनोज गजुरेल फिल्ममा

पछिल्लो वर्षमा कमेडी कलाकार अभिनित फिल्मले बक्स अफिसमा उत्कृष्ट व्यापार गर्न थालेपछि फिल्म निर्माताहरू कमेडी कलाकारलाई लिएर धमाधम फिल्म बनाउन...

Fixed Ad