१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पक्राउ परेका व्यक्ति हतकडीसहित फरार

सिन्धुली—प्रहरी नियन्त्रणमा रहेका एक व्यक्ति गए राति फरार भएका छन्। सबै प्रहरी सुतिरहेको अवस्थामा सिन्धुलीको चकमके प्रहरी चौकीबाट हतकडीसहित उनी फरार भएको हो।

फरार हुनेमा तीनपाटन गाउँपालिका–११ लाम्पान्टारका २३ वर्षीय चन्द्रबहादुर श्रेष्ठ रहेको छ। श्रेष्ठले मदिरा सेवन गरी श्रीमती, परिवारका सदस्य तथा छिमेकी समेतलाई कुटपिट गरेको उजुरी परेपछि प्रहरी चौकी चकमकेले आइतबार उनलाई पक्राउ गरेको थियो।

पक्राउ गरिएका श्रेष्ठलाई प्रहरी चौकीमा नै प्लास्टिकको कुर्सीमा पछाडि हात राखेर बाँधी हतकडी लगाएको थियो।

फरार श्रेष्ठको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक सुभाषचन्द्र बोहोराले बताए। रासस

प्रकाशित: ५ असार २०७४ १२:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App