coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

चोभारको ८१६ रोपनीमा यस्तो बन्दैछ सुक्खा बन्दरगाह (भिडियो)

काठमाडौं— एक अर्ब ५० करोड रुपैँयाको लागतमा चोभारस्थित सुख्खा बन्दरगाह र अन्तराष्ट्र्रियस्तरको प्रदर्शनी केन्द्रको निर्माण सुरु हुन लाग्दैछ। वााणिज्य मन्त्रालय अन्तगर्तको नेपाल इन्टरमोडल यातायात विकास समितिले चोभारस्थित सुख्खा बन्दरगाहको निर्माण सुरु गर्नुअघि हिमाल सिमेन्ट कारखानाको भौतिक संरचनाहरु भत्काउने कामलाई तीब्रता दिइरहेको छ।

‘सुख्खा बन्दरगाह र अन्तर्राष्ट्रिय प्रदर्शनीस्थलको काम एकसाथ सुरु हुनेछ। ८ सय १६ रोपनीमध्ये करिव २ सय रोपनी क्षेत्रफलमा सुख्खा बन्दरगाह रहनेछ। बाँकी क्षेत्रफलमा अन्तराष्ट्र्रिय प्रदर्शनीस्थल निर्माण गरिनेछ,’उनले नागरिकन्युजसँग भने।

भृकुटीमण्डपस्थित प्रदर्शनी केन्द्रको विकल्पमा सरकारले चोभारमा नयाँ प्रदर्शनीस्थल निर्माण गर्न लागेको हो। करिब दुईवर्षसम्म जग्गा सम्याउने काम भएपछि अब निर्माण तयारी गरिएको हो।

‘हिमाल सिमेन्टको जग्गाको मिलाउन करिब दुई वर्ष लाग्यो। फुलब्राइट कन्सल्टेन्सीले तोकिएको समयभित्र परियोजनाको विस्तृत रिर्पोट (डिपिआर) उपलब्ध गराउन नसक्दा ढिला भयो’, नेपाल इन्टरमोडल यातायात विकास समितिका लक्ष्मण्म बहादुर बस्नेतले भने,‘असारभित्रै सुख्खा बन्दरगाह निर्माणको लागि ठेक्का आह्वान गर्दैछौं।’

विश्व बैंकको १ अर्ब ५० करोड रुपैँयाकोे सहयोगमा वाणिज्य मन्त्रालयले चोभारस्थित ८ सय १६ रोपनी जग्गामा सुख्खा बन्दरगाह र अन्तराष्ट्र्रियस्तरको प्रदर्शनी केन्द्र निर्माण गर्न लागिएको हो। बोलपत्रमार्फत् छानिएको फुलब्राइट कन्सल्टेन्सी प्रालिले सुख्खा बन्दरगाह र अन्तराष्ट्र्रिय प्रदर्शनी केन्द्रको गुरुयोजना तयार गरेको हो।

‘सुख्खा बन्दरगाह र अन्तर्राष्ट्रिय प्रदर्शनीस्थलको काम एकसाथ सुरु हुनेछ। ८ सय १६ रोपनीमध्ये करिव २ सय रोपनी क्षेत्रफलमा सुख्खा बन्दरगाह रहनेछ। बाँकी क्षेत्रफलमा अन्तराष्ट्र्रिय प्रदर्शनीस्थल निर्माण गरिनेछ,’उनले नागरिकन्युजसँग भने।

कोलकोतामा सिलबन्दी गरेर ल्याइएका कन्टेनरहरु चेकजाँग गर्ने काम पनि चोभार सुक्खा बन्दरगाहबाट गर्ने लक्ष्य राखिएको छ। ‘नेपालबाट विदेश निर्यात गरिने सामान पनि यहीँबाट सिलबन्दी गरेर पठाइनेछ’, उनले भने।

सामान आयात र निर्यातको लागि छुट्टाछुट्टै टर्मिनलहरु निर्माण हुनेछन्। टर्मिनल निर्माणपछि विदेश र देशभरबाट आयात हुने सामानहरु भण्डारण गरिनेछन्।

दुवै टर्मिनलमा गरी करिब ६ सयभन्दा बढी ट्रक राख्न मिल्ने गरी सुख्खा बन्दरगाह निर्माण हुनेछ। बाँकी करिब ५ सय रोपनी क्षेत्रफलको जग्गामा भने १÷१ हजार मानिस अटाउन अन्तराष्ट्र्रियस्तरको दुईवटा प्रदर्शनी हलसहितको प्रदर्शनी स्थल बन्नेछन्। अन्तराष्ट्र्रियस्तरको प्रदर्शनी केन्द्रभित्र झण्डै १२ सयभन्दा बढी सवारी राख्ने क्षमता रहेको पार्किङ निर्माण गरिनेछ।

अन्तर्राष्ट्रिय सम्मेलन हल र थिएटरसमेत बन्नेछन्। त्यसबाहेक सुन्दर पार्क, किड कर्नर, फुडस्टल, मिटिङ स्थल निर्माण गरिनेछन्। ‘राजधानीमा व्यापारिक मेला, सम्मेलन र पार्कहरुको अभाव छ। सानो स्थानमा विभिन्न मेलाहरु आयोजना गर्न आयोजकहरु बाध्य छन्। त्यसैले एउटै स्थलमा सबै सुविधालाई केन्द्रित गरेर अन्तराष्ट्र्रियस्तरको प्रदर्शनी केन्द्र निर्माण गर्ने लक्ष्य हो,’ उनले भने।

विश्व बैंकसँग भएको सम्झौताअनुसार सन् २०१९ सम्म सुख्खा बन्दरगाह निर्माण सम्पन्न भइसक्नु पर्नेछ। काम सुरु हुन ढिलाई भएको सन्दर्भमा भने केही समय बढ्न सक्ने बस्नेतले बताए।

प्रकाशित: ८ असार २०७४ ०८:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App