८ वैशाख २०८१ शनिबार
प्रवास

नेपाली समाज युएईको अधिवेशनमा हंगामा

अधिवेशनस्थलमा भएको विवाद

युएई- विवाद उत्पन्न भएपछि नेपाली समाज युएईको १३ औं अधिवेसन स्थगित भएको छ। पहिलो सत्रको कार्यक्रम सकिएपछि निर्वाचन संयोजक गोविन्द ढकालले निर्वाचनको आचार संमिताबारे बोल्दै गर्दा विवाद उत्पन्न भएको हो।

नेपालीको कार्यक्रम बिथोल्न अरबीलाई परिचालन गर्नु गलत भएको उनीहरुले बताएका छन्। प्रत्यक्षदर्शीका अनुसार नियम मिचेर उम्मेदवार हुन चाहेका सापकोटाले अरबीलाई बोलाएर कार्यक्रम बिथोलेका हुन्।

समाजको १७/१९ कार्यकालको अध्यक्षका लागि नेपाली समाज युएईका अध्यक्ष चन्द्र प्रसाद सापकोटा र धादिंग समाज युएईका अध्यक्ष भिम कुमार अधिकारीले उम्मेदवारी दर्ता गराएका थिए।

सापकोटा नयाँ शक्ति नेपालका केन्द्रीय परिषद सदस्य हुन्। समाजको निर्वाचन आचार संहिताले पार्टीको जिम्मेवार पदमा रहेका व्यक्तिलाई अध्यक्ष उम्मदेवार बन्न रोक लगाएको छ। प्रत्यासी हुन नमिल्ने पदमा उनले बल मिच्याइँ गरेपछि निर्वाचनस्थलमा हंगामा भएको हो।

अर्का प्रत्यासी भीम अधिकारी काँग्रेसको प्रवासी संगठन नेपाली जनसम्पर्क समिति युएईसँग अावद्ध उनले संगठनबाट राजीनामा दिएर नेपाली समाज युएईको अध्यक्ष लागि उम्मेदवारी दिएका थिए। नयाँ शक्तिको केन्द्रीय सदस्य हैसियतका सापकोटाले भने राजीनामा नदिई चुनाब लड्न पाइने दाबी गरेका थिए।

यही विषयमा विवाद बढ्दा निर्वाचनस्थलमा हंगामा भएको हो। होहल्ला भएपछि बरदुबईको हलमा स्थानीय अरबीहरु भित्र प्रवेश गरी कार्यक्रम छोडेर बाहिर निस्किन धम्की दिए। स्थानीयको अवरोधपछि निर्वाचन कार्यक्रम स्थगित भएको छ।

हंगामाको अवस्था आउनु दुःखद

युएईका संघसंस्थाका प्रतिनिधिहरुले नेपाली समाज युएई जस्तो प्रतिष्ठित संस्थाको निर्वाचन प्रक्रियामा हंगामा हुनु दुःखद भएको बताएका छन्। स्थानीय व्यक्तिको हस्तक्षेप गर्ने तहको झगडाले नेपालीको इज्जतमाथि प्रश्न चिन्ह खडा गरेको भन्दै उनीहरुले चिन्ता व्यक्त गरेका छन्।

घटनाका कारण युएईमा नेपालीहरुले स्थानीय प्रशासनबाट समस्या आउन सक्ने उनीहरुले उल्लेख गरेका छन्। यसरी चिन्ता प्रकट गर्नेमा पत्रकार महासंघका अध्यक्ष भुपराज बस्याल, एनआरएन युएईका अध्यक्ष सुदिप कार्की, जनसम्पर्क समितिका अध्यक्ष राज बस्नेत, नेपाली जन प्रगतिशील मन्चका अध्यक्ष हेमन्त पौडेयाल, जनसम्पर्क समिति युएईका संस्थापक अध्यक्ष चित्र केसी छन्।

नेपालीको कार्यक्रम बिथोल्न अरबीलाई परिचालन गर्नु गलत भएको उनीहरुले बताएका छन्। प्रत्यक्षदर्शीका अनुसार नियम मिचेर उम्मेदवार हुन चाहेका सापकोटाले अरबीलाई बोलाएर कार्यक्रम बिथोलेका हुन्।

प्रकाशित: २३ असार २०७४ १४:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App