७ वैशाख २०८१ शुक्रबार
प्रविधि

फेसबुकको घर बनाइदिने अफर

सान फ्रान्सिस्को- विश्वको नम्बर एक समाजिक सञ्जाल फेसबुकले आफ्ना कर्मचारीको लागि घर बनाइदिने घोषणा गरेको छ। फेसबुकले अमेरिकाको सिलिकन भ्यालीमा घर निर्माण गरिदिने योजना लागू गर्ने भएको हो। १५ सय संख्यामा निर्माण हुने घरहरु फेसबुक हेडक्वाटर नजिकै हुने फेसबुकले जनाएको छ।

फेसबुक, अल्फाबेट इंक, गुगल र अन्य टेक्नोलोजी कम्पनीहरुका कारण अमेरिकाको सान फ्र्यान्सिस्कोमा आवासको कमी भएको बताइएको छ। जसका कारण फेसबुकका कर्मचारीहरुलाई कस्ट व्यवहोर्नुपरेको छ। त्यहाँबाट अन्यत्र जान समय पनि धेरै लाग्ने भएकाले हेडक्वाटर नजिकै घर बनाइदिने फेसबुकले जनाएको छ।

सिलिकन भ्यालीबाट अन्यत्र बस्ने कर्मचारीलाई कम्पनीले अतिरिक्त सुविधान प्रदान गर्दै आएको छ। जसले फेसबुकलाई आर्थिक भार पनि खेप्नुपरेको छ। यस्तो बेला कम्पनीहरुले इन्टरनेट जडित बस सेवा उपलब्ध गराएपनि त्यो पर्याप्त नहुने फेसबुकको भनाई छ। त्यही भएर फेसबुक नजिकै दस हजार डलर बाराबरको आर्थिक सहायता कर्मचारीलाई प्रदान गर्ने बताएको छ।

प्रकाशित: २५ असार २०७४ १०:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App