७ वैशाख २०८१ शुक्रबार
प्रवास

स्पेनका पर्यटकीय बसमा नेपाल भ्रमणको निम्तो

कठमाडौं–  स्पेनको पर्यटकीय शहर बार्सिलोनामा गुड्ने पर्यटकीय बसमा नेपाल भ्रमणको निम्तो दिँदै चार ठूला बस चार फरक रुटमा गुड्न थालेका छन् । यस सिजनमा आउने करिब १० लाख पर्यटकले नेपाल भ्रमणको निम्तो पाउने गरी चार मुख्य क्षेत्रमा गुड्ने बसहरूमा नेपाल भ्रमणको निम्तो सहितका पोस्टर टाँसिएका बस गुडिरहेका हुन् । स्पेनमा रहेका नेपालीहरूको समूहले बार्सिलोनका प्रमुख पर्यटकिय रुटमा गुड्ने  लोकल बसहरूमा भिजिट नेपाल लेखिएका पोस्टरहरू जुलाई १० देखि टाँसेका हुन्। 

कार्यक्रमको समन्वय गरिरहेका नेपाल पर्यटन बोर्डका मानार्थ प्रतिनिधि दीपक खरेलले स्पेनमा आउने विश्वभरका पर्यटकले नेपालका सुन्दर तस्बिर सहितको निमन्त्रणाले पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने बताए । उनका अनुसार जुलाई र अगस्तमा स्पेनमा समुन्द्रको आनन्द लिन विश्वभरका पर्यटक नेपाल आउँछन । यो अभियान अगस्ट १३ सम्म नियमित हुनेछ ।

बार्सिलोनाका चार रुटमा गुड्ने अटोबसमा पोस्टर राखिएको छ । स्थानीय ट्रयाम, मेट्रो र बस प्राधिकरण(टिएमबी अथोरिटी) सँग ३५ दिन शुल्क दिएर विज्ञापनको सहमति अनुसार नेपालमा स्वागत छ लेखिएका पोस्टर टाँसिएको खरेलले जानकारी दिए । 

जुलाई दोस्रो सातादेखि अगष्ट महिनासम्म बार्सिलोनामा गुड्ने चार वटा लोकल बसहरूमा नेपालको पर्यटन प्रवर्द्धनका लागि पोस्टरहरु टाँसिएका छन  । विज्ञापनका लागि खर्च स्पेनमा रहेका नेपालीहरुले गर्ने भएका हुन् । 

‘स्पेनमा विश्व कै पर्यटकीय गन्तव्य शहर बार्सिलोनाका लोकल गाडीहरूमा नेपालको नाम जोड्न पाउनु सबैका लागि गौरवको विषय हो, अन्य देशमा समेत यो प्रयासको थालनी होस भन्ने सन्देश हो,’ खरेलले नागरिक न्युजसँग भने । 

प्रकाशित: २९ असार २०७४ ०४:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App