काठमाडौं- झण्डै दुई दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायिका अञ्जु पन्त पहिलोपटक एकल साँझमा गुञ्जिने भएकी छन्। स्टुडियोका रेकर्डिष्टको सहयोगार्थ आगामी भदौ २४ मा प्रज्ञा प्रतिष्ठानमा हुने 'अञ्जु पन्त सुमधुर सन्ध्या–२०७४' मा उनले आफ्ना चर्चित तथा सदाबहार डेढ दर्जन गीत सुनाउनेछिन्।
राजधानीमा शनिबार आयोजित पत्रकार सम्मेलनमा गायिका अञ्जुले पहिलो पटक एकल साँझमा गीत सुनाउने अवसर पाउँदा खुशी लागको बताइन्। 'यसअघि पनि एकल साँझका प्रस्ताव आएका थिए। तर समय अभावले गर्न सकिनँ,' उनले भनिन्, 'यसपटक प्राविधिकबाट अफर आएकाले पनि नाइँ भन्न सकिनँ किनकि म प्राविधिकहरूलाई सधैं सम्मान गर्छु।'
म्युजिक रेर्कडिस्ट एसोसिएशन नेपाल र अञ्जु पन्त फाउन्डेशनको आयोजनामा हुने कार्यक्रमबाट उठेको रकममध्ये खर्च कटाएर बचेको आधा रकम रेर्कडिस्टहरूको संस्था र आधा रकम अञ्जुको फाउन्डेशनमार्फत बालबालिकाका लागि खर्च गरिनेछ।
कार्यक्रममा म्युजिक रेर्कडिस्ट एसोसिएशन नेपालका दीप तुलाधर, संगीतकार संघका अध्यक्ष लक्ष्मण शेष, रोयल्टी समाजका अध्यक्ष सुरेश अधिकारीलगायतले एकल साँझको सफलताका लागि अञ्जुलाई शुभकामना दिए।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...
वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...
घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।
फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...
बलिउड अभिनेता अक्षय कुमार घाइते भएका छन्। फिल्म ‘केसरी’को एक्सन सीनको शुटिङ्गका क्रममा उनी घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।...
विश्वकै कान्छा निर्देशक सौगात विष्टले निर्देशन गरेको फिल्म हैरानको टिजर सार्वजनिक भएको छ । मुक्ति घले र श्रृष्टी घिमिरेको संयुक्त...
साउदी अरेबियामा पहिलोपटक फेशन शो भएको छ। साउदीको रियादमा सम्पन्न उक्त फेशन शोमा दर्शक भने महिलाहरूमात्र थिए। उक्त फेसन शोमा सहभागी...
स्कटल्यान्ड तपाईंको ‘ड्रिम कन्ट्री’ हो र पर्दामै भए पनि त्यहाँका दृश्य देख्दा तपाईंको मन रमाउँछ भने ‘लिलि बिली’ हेर्नु राम्रै...
यसमा तपाईको मत