राजापामा विवाद चुलिँदै, नारायणी पश्चिममा हृदयेशको छुट्टै भेला

आइतबार, ०१ साउन २०७४, २१ : ५० प्रकाश तिमल्सिना  | @prakashujyalo


काठमाडौं—राष्ट्रिय जनता पार्टी नेपालभित्र विवाद चुर्किंदै गएका बेला नेता हृदयश त्रिपाठीले नारायणी पश्चिमका पाँच जिल्लाका नेता—कार्यकर्ताको अलग बैठक गरेका छन्। भैरहवामा आइतबार भएको बैठकमा नेता त्रिपाठीसहित नवलपरासी, रुपन्देही, कपिलवस्तु, बाँके र बर्दियाका जिल्ला तहका नेता सहभागी थिए।

‘प्रदेश नं. १, ५ र ७ मा दोस्रो चरणको चुनाबको सहभागिताबारे पार्टीले आधिकारिक धारणा सार्वजनिक गर्नुपर्छ। के राजपा भनेको दुई नम्बर प्रदेश मात्र हो?’

बैठकका सहभागीहरुले नेतृत्वले राजपालाई दुई नम्बर प्रदेशमा मात्र सीमित गर्न खोजेको हो भन्ने आवाज उठाएका थिए। निर्वाचन आयोगमा दल दर्ता गराउँदा पार्टीभित्र विधान र घोषणापत्रबारे छलफल नभएको भन्दै नेतृत्वको आलोचना गरेका थिए।

‘६ अध्यक्ष मण्डलले निर्वाचन आयोगमा दर्ता गरिएको विधान र घोषणापत्रबारे पार्टीमा कुनै छलफल भएको छैन। ६ जनाको निर्णय पार्टीमा सबैलाई मान्य हुन्छ भन्ने छैन’, राजपा नेता हृदयेश त्रिपाठीले नागरिकन्युजसँग भने, ‘प्रदेश नं. १, ५ र ७ मा दोस्रो चरणको चुनाबको सहभागिताबारे पार्टीले आधिकारिक धारणा सार्वजनिक गर्नुपर्छ। के राजपा भनेको दुई नम्बर प्रदेश मात्र हो?’

संविधान संशोधनको माग राख्दै रजापाले दोस्रो चरणको निर्वाचन बहिष्कारको निर्णय गरेको थियो। लोकतान्त्रिक व्यवस्थामा निर्वाचनबाट भाग्दा राजनीतिक भविष्य समाप्त हुने भन्दै कतिपय ठाउँमा राजपाका स्थानीय नेताले स्वतन्त्र हैसयितमा उम्मेदवारी दिएका थिए। रुपन्देही र कपिलवस्तुका कतिपय ठाउँमा उनीहरु विजयी पनि भएका छन्।

नेता त्रिपाठीले पार्टीभित्र बरिष्ठता नमिल्दा काम गर्न अप्ठ्यारो परेको गुनासो गर्दै आइरहेका बेला आइतबार यस्तो भेला आयोजना गरेका हुन्। ६ पार्टी मिलेर बनेको राजपामा मधेस मुद्दा उठाउने नेताहरुमा त्रिपाठी बरिष्ठमा पर्छन्। ६ जना अध्यक्षमण्डल मध्ये महन्थ ठाकुरको राजनीतिक रुपमा उनीभन्दा बरिष्ठ हुन्। तर लामो समय काँग्रेस राजनीति गरेर ठाकुर पछि मात्र मधेस मुद्दा केन्द्रित राजनीतिमा लागेका हुन्। त्रिपाठीले नागरिकलाई दिएको एक अन्तर्वार्तामा अध्यक्ष मण्डलमा रहेका राजेन्द्र महतो र महेन्द्र राय यादब आफ्ना सहायक र अनिल झा आफ्ना विद्यार्थी भएको त्रिपाठीको भनाइ छ।

राजपाका अध्यक्ष मण्डलका सबै ६ जनै नेताहरु दुई नम्बर प्रदेशका हुन्। विवाद चुलिँदै गएकाे अवस्थामा नारायणी पश्चिमका जिल्लाकाे अलग भेला अायाेजना गरिनुलाइ कतिपयले पार्टी विभाजनकाे संकेतकाे रूपमा लिएका छन्।

 






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

सलमानको जमानत वारेन्ट रद्द

सलमानको जमानत वारेन्ट रद्द

१६ वर्ष पुरानो हिट एण्ड रन मुद्दामा बलिउड अभिनेता सलमान खानको जमानत वारेन्ट खारेज भएको छ। यससँगै उनलाई प्रहरीले पक्राउ...

राजेश हमाल बने राज थारुका अभिभावक

राजेश हमाल बने राज थारुका अभिभावक

नेपाली चलचित्रका नायक राजेश हमालले एक बालकलाई शुक्रबार विद्यालय भर्ना गरेका छन्। हमालले बुद्धभूमि नगरपालिका तथा जिल्ला प्रशासन कार्यालय, शिक्षा...

‘हामी सिकाउँछौं पेनाल्टी हान्न ’

‘हामी सिकाउँछौं पेनाल्टी हान्न ’

नकआउट चरणको फुटबलमा निर्धारित समय र थप गरिएको अतिरिक्त समय बराबरीमा टुंगियो भने निर्णयार्थ खेल पेनाल्टी सुटआउटमा धकेलिन्छ। ...

वैशाख पूर्णिलाई बनाऔँ विश्व ध्यान दिवस

वैशाख पूर्णिलाई बनाऔँ विश्व ध्यान दिवस

आज भन्दा पच्चिस सय ६३ वर्ष अघि वैशाख पूर्णिमाका दिन सिद्धार्थ गौतमको लुम्बिनीस्थित साल वनमा जन्म भयो । ...