गुटगत रणनीति बनाउँदै पौडेल

सोमबार, ०२ साउन २०७४, ०८ : ३३ नागरिक


काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा सरकार विस्तारको तयारीमा जुटिरहेका बेला नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल पक्षधर गुटगत रणनीति बनाउन सक्रिय भएको छ। स्थानीय तहको निर्वाचनमा पार्टी पराजित भएपछि पौडेल पक्ष पछिल्ला दिनमा नियमित छलफलमा छ।

पौडेल समूहले शनिबार आफू निकट केन्द्रीय सदस्यसँग छलफल गर्दै स्थानीय चुनावमा पार्टी पराजयका विषमया केन्द्रीय समितिमा राखेर समीक्षा गर्नुपर्ने निष्कर्ष निकालेको छ।  'राम्रालाई भन्दा हाम्रा' लाई उम्मेदवार बनाउँदा पार्टीले अनपेक्षित परिणाम भोग्नुपरेको ठहर गर्दै पौडेल पक्षले बैठक बोलाउन सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिने तयारी गरेको छ।

प्रदेश नम्बर दुईको निर्वाचन तयारीमा पार्टी नेतृत्वको ध्यान नपुगेको पौडेल समूहको बुभझाइ छ। निकट केन्द्रीय सदस्यसँगको छलफलपछि निकट सांसदसँगको छलफलमा जुटेको पौडेल पक्षले आइतबार प्रदेश नम्बर पाँचका  सांसदसँग अनामनगरमा छलफल गरेको छ।

त्यस्तै, सोमबार प्रदेश नम्बर छ र सात, मंगलबार प्रदेश नम्बर चारका निकट सांसदसँग पौडेल पक्षले छलफल गर्ने भएको छ। साउन ५ गते  प्रदेश नम्बर दुईका सांसदसँग छलफल हुनेछ।

यसैबीच, नेता पौडेलले मन्त्रिपरिषद् विस्तार विषयमा पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री देउवासँग कुनै छलफल नभएको बताएका छन्। पार्टीका तर्फबाट कसलाई सरकारमा पठाउने भन्ने विषयमा छलफल नै नभएको स्पष्ट गर्दै पौडेलले भने, 'सबैलाई न्याय हुनेगरी नाम टुंगो लगाउनुपर्छ।'

पार्टीले पाउने मन्त्रालयको टुंगो लाग्न अझै बाँकी रहेको जनाउँदै पौडेलले भने, 'मन्त्रालयको टुंगो लागेपछि मात्रै सरकारमा पठाउने साथीहरूको नाम टुंगो लाग्नेछ।'






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

पारिजातलाई सम्झँदा (भिडियो)

नेपाली साहित्यमा पारिजातको नाम उच्चस्थानमा छ। विस १९९४ बैशाखमा दार्जिलिङमा जन्मिएकी पारिजातको 'सिरिसको फूल' चर्चित उपन्यास हो। बुधबार उनको २४...

पूजा हेगडेको चर्चा

पूजा हेगडेको चर्चा

बलिउडकी अभिनेत्री पूजा हेगडे पुनः एक पटक चर्चामा छिन् । ‘बाहुबली’ सुपरस्टार प्रभासको आगामी फिल्मकी नायिका हुने घोषणासँगै हेडलाइनमा छाएकी...

मनोज गजुरेल फिल्ममा

मनोज गजुरेल फिल्ममा

पछिल्लो वर्षमा कमेडी कलाकार अभिनित फिल्मले बक्स अफिसमा उत्कृष्ट व्यापार गर्न थालेपछि फिल्म निर्माताहरू कमेडी कलाकारलाई लिएर धमाधम फिल्म बनाउन...

युवराजको ‘देउरालीको फूल’

गीतकार युवराज अधिकारीको पहिलो गीति संग्रह ‘देउरालीको फूल’ बजारमा आएको छ । साहित्यमा पनि सक्रिय गीतकार अधिकारीको गीति संग्रहमा ६...

Fixed Ad