८ वैशाख २०८१ शनिबार
अन्य

‘भ्रष्टाचार मुक्त वडा बनाउँछु’

काठमाडौं महानगरपालिका ३२ मध्ये पुरुष उम्मेदवारले ३१ ओटा वडा जिते । तर एउटा वडा भने अपवादमा पर्यो । १४ नम्बर वडामा भने शोभा सापकोटा वडाध्यक्ष महानगरपालिकाको एक्लो महिला वडाध्यक्षको रूपमा निर्वाचित भइ आपूmलाई अपवादमा पार्न सफल भएकी हुन् ।
सापकोटाको राजनीतिक पृष्ठभूमि भने निकै रोचक छ । ५५ वर्ष अघि पर्वतको फलेवासमा जन्मेकी शोभाको माइती सबै नेपाली कांग्रेसको राजनीतिमा थिए । सानैदेखि उनले पनि कांग्रेसकै  राजनीति बुझ्दै हुर्किइन् । तर उनी स्थानीय तहको निर्वाचनमा भने कांग्रेसको ‘गढ’ मानिने काठमाडौं महानगरको १४ वडामा एमालेबाट चुनाव जितेर कांग्रेसका उमेदवारलाई हराएकी हुन् । ‘कांग्रेसको पृष्ठभूमिमा जन्मे, हुँर्के । दाजु, बुबाहरू कांग्रेस हुनुहुन्थ्यो,’ उनले विगत सम्झिइन् । उनका  श्रीमान् सोमान सापकोटा सरकारी जागिरे हुन् । उनी नेपाल सरकारको उपसचिवसम्म भएर ‘रिटार्यड’ भए । सरकारी जागिरे भए पनि सोमनाथ भित्रभित्रै एमालेको राजनीतिमा थिए । मनमोहन अधिकारी, भरतमोहन अधिकारीलगयतसँग सोमनथाको गहिरो दोस्ती थियो । कांग्रेस पृष्ठभूमिको परिवारमा जन्मे हुर्केकी शोभाको बिहे कम्युनिष्ट परिवारमा भयो । ‘म कांग्रेस परिवारबाट थिएँ । तर मलाई श्रीमान्ले कहिल्लै कम्युनिष्ट होउ कहिल्यै भन्नुभएन’, उनी भन्छिन् । कांग्रेसबाट उनलाई कम्युनिष्ट बाउनुमा कम्युनिष्टले महिलालाई हेर्ने दृष्टिकोण मुख्य कारक रहेको उनले बताइन् । ‘माक्सर्वाद, लेलिनवादका कितावहरू घरमा थिएँ । पढ्न थाले । महिलालाई हेर्ने कांग्रेस र कम्युनिष्टको दृष्टिकोण पनि फरक पाएँ । महिलाहरु प्रतिको दृष्टिकोण मलाई कांग्रेस भन्दा कम्युनिष्टको ठिक लाग्यो’, उनले प्रष्ट पारिन, ‘माइतीमा मेरो भाउजुहरूलाई दाइहरूले हेर्ने दृष्टिकोण र यता मेरो श्रीमान्ले महिलालाई हेर्ने दृष्टिकोणमा फरक पाएँ । श्रीमान्ले मलाई कम्युनिष्ट हुनुपर्छ भनेर भन्नु भएन । म आफै प्रभावित भएँ र कम्युनिष्ट बनेँ ।’
सुरुका केही वर्ष शोभा गृहणी मात्रै थिइन । देखिने गरी उनले राजनीति गरेको भने २०४६ पछि मात्रै हो । ‘पहिले मेरो केही पेशा थिएन । गृहनी  मात्रै थिएँ । श्रीमान् जागिरे हुनुहुन्थ्यो । मैले बच्चाबच्ची हुर्काएँ’, उनले सुनाइन्, ‘देखिएर राजनीति गरेको चाँही २०४६ सालबाट नै हो ।  शुरुमा एमालेको १४ नम्बर वडा कमिटिको सचिव भएर काम गरेँ । तीन कार्यकाल वडाको सचिव भएँ । अहिले काठमाडौं जिल्ला कमिटी सदस्य छु ।’
काठमाडौं कलंकी आसपासको ठूलो क्षेत्र १४ नम्बर वडामा पर्छ । करिब १७ हजार मतदता रहेको यो वडा महानगरको ठूला वडा मध्येमा पर्छ । यत्रो वडाको नेतृत्व लिने टिकट पाउन कत्तिको संर्घष गर्नुप¥यो ? शोभा बाहिर सोचिए जति टिकट पाउन गाह्रो नभएको बताउँछिन् । ‘टिकट चाहने हामी ६ जना थियौं । त्यस मध्ये चारजना पुरुष हुनुहुन्थ्यो भने दुई जना हामी महिला थियौं । बाहिरबाट सोचिए जस्तो  टिकट पाउन गाह्रो भएन’, उनी भन्छिन्, ‘महानगरमा कम्तिमा पाँच जना वडाध्यक्ष महिलालाई दिनुपर्छ भनेर पार्टी अध्यक्ष केपी शर्मा ओली कमरेडकोमा हामी डेलिगेसनमा गएका थियौं । महिलामा एक जना म मात्रै दावेदार भए पछि टिकट नपाउने भन्ने कुरै थिएन् । त्यसको लागि मैले धेरै नेताकहाँ भन्न जानु परेन ।’
शोभा बाहेक अरु सबै प्रतिस्पर्धी पुरुष नै थिए । तै पनि उनी आफूलाई हार्छु भन्ने कहिले पनि नलागेको बताउँछिन् ।  ‘मैले हार्दिन भन्ने आत्मविश्वास थियो’, उनी भन्छिन्, ‘म २०४६ सालदेखि यही वडामा आएर बसेकी छु । सकेसम्म जनताको सेवा गरेकी छु । त्यसको कदर गरेर जनताले भोट पनि दिनुभयो ।’  आपूmले सबै पुरुष प्रतिस्पर्धीलाई हराएर वडाध्यक्षमा जितेपछि  महिलाहरू उत्साहित भएको उनले सुनाइन् । भनिन, ‘दिदीबहिनीहरू उत्साहित हुनुहुन्छ । तपाईलाई वडाध्यक्षको कुर्चीमा देखेपछि हामीहरूलाई पनि काम गर्ने उत्साह बढ्यो भन्नुहुन्छ । अब हामी पनि अघि बढ्छौं भन्नुहुन्छ ।’
वडाध्यक्ष भईसकेपछि अबको उनको एक मात्र लक्ष्य १४ वडालाई भ्रष्टाचार मुक्त पार्नु रहेको छ । त्यसको शुरुवात उनले पदवाहाली हुँदाकै दिनबाट गरिसकेकी  छिन् । ‘पदवाहाली पछिको  हाम्रो पहिलो निर्णय  १४ नम्बर वडाको आफ्नै भवन बनाउने हो । आफ्नै भवन बनाउँदा जनतालाई सेवा सुविधा दिन सजिलो पनि हुन्छ’, उनी भन्छिन्, ‘अर्को निर्णय हेल्प डेस्क राख्ने पनि हो । यसले नपढेका जनतालाई सहयोग गर्छ । बिचौलियाको प्रयोग गर्नुपर्दैन ।’

(नागरिक परिवारबाट साभार)

प्रकाशित: २ श्रावण २०७४ ०९:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App