coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

'क्लिन फिड' लागु नगरिएकोमा विज्ञापन संघको आपत्ति

काठमाडौं- नेपाल विज्ञापन संघले विदेशी पे च्यानलमा क्लिन फिड लागु गर्न माग गरेको छ। सरकारले क्लिन फिड नीति पारित गरे पनि लागु गर्न उदासिन भएको भन्दै यसलाई कार्यान्वयन गर्न आग्रह गरेको छ।

साउन १ गतेबाट क्लिन फिड लागु गर्ने भनिए पनि त्यसको दुई दिन पछि उक्त नीतिमा उल्लेखित कतिपय विषय सम्पादन गर्न बाँकी रहेको भन्दै तत्काललाई क्लिन फिड स्थगित भएको प्रति संघले आपत्ति जनाएको छ।

संघका महासचिव नारायण कुमार श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै साउन १ गतेबाट लागु गर्ने भनिएको नीति दुई दिनमै फिर्ता लिनु दु:खद भएको बताएका छन्। यसले नेपालको अन्दाजी ६ अर्व को विज्ञापन बजारलाई विस्थापित गर्नुको साथै सरकारले प्राप्त गर्ने राजश्वमा समेत प्रभाव पारेको संघको धारणा छ।

विदेशी पे च्यानलले विदेशी विज्ञापन सहित कार्यक्रम प्रशारण गर्दा नेपाली सञ्चारमाध्यम, विज्ञापन व्यवसाय र उपभोक्ता मारमा परेको संघलेब ताएको छ। यसले नेपाली राष्ट्रियता, नेपालको कला संस्कृति र राजश्वमा समेत गम्भिर असार पारेको संघको बुझाइ छ।

प्रकाशित: २ श्रावण २०७४ ०९:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App