coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

चुँदीमा पक्कीपुल बनेपछि चन्द्रावती र मिर्लुङबासीलाई सुविधा

चन्द्रावती(तनहुँ)- भानु नगरपालिका वडा नं १३ चन्द्रावती बजार नजिकै चुँदीखोलामा मोटरगुड्ने पुल निर्माण भएसँगै मिर्लुङ र चन्द्रावती आसपासका बासिन्दालाई सुविधा भएको छ।

                साविक सतिस्वाँरा र मिर्लुङ गाविसको सिमानामा बग्ने चुँदी अर्थात् कस्र्याङ्दी खोलामा पुल बनेपछि त्यसक्षेत्रका सर्वसाधारणलाई आवात जावतमा सुविधा भएको हो।

नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, पश्चिमाञ्चल क्षेत्रिय सडक निर्देशनालय, डिभिजन सडक कार्यालय तनहुँ अन्तर्गत १ करोड ९४ लाख रुपैयाँको लागतमा सो निर्माण भएको बताईएको छ। २०७२ चैत देखि निर्माणकार्य सुरु भएकोमा गत असारको अन्त्यमा पुलको निर्माण कार्य सकिएको निर्माण कम्पनी कन्काई/विशाल एण्ड विराट जेभिका ईञ्जिनियर विजय थापामगरले बताए। २५ मिटर लम्बाई, ७ दशमलव २०मिटर चौडाई र एक स्पानको पुल निर्माण भएको उनले बताए।

पृथ्वी राजमार्ग अन्तर्गत डुम्रेबजार देखि भन्सार, सेपा बगैंचा, चन्द्रावती हुँदै मिर्लुङ जाने सडक खण्डको चुँदीखोलामा पुल नहुँदा सवारी आवागमनमा निकै समस्या भोग्दै आएको स्थानीय देशवन्धु खड्काले बताए। ‘वर्खाको बेलामा अनेकौं सास्ती खेपेर चन्द्रावती सम्म मोटर आउँछ,’ खड्काले बताए, ‘चुँदी खोलो बढेर उर्लिन थालेपछि माथि जाने यात्रुहरुको विजोग हुन्थ्यो।’ पुलका कारण आवात जावतमा सुविधा हुने र सो क्षेत्रमा उत्पादित खाद्यान्न, तरकारी, पशुजन्य, फलफूल तथा अन्य उत्पादनले राम्रो बजार पाउनेमा स्थानयीबासी आशावादी भएको वडा नं १३ की सदस्य सावित्री विसी बताउँछिन्।

पुल बनेपछि यात्रुलाई आवात जावत गर्न र खाद्यन्न, दैनिक उपभोग्य सामान तथा निर्माण सामाग्री ढुवानी गर्न सजिलो हुने भएपछि मिर्लुङ क्षेत्रका बासिन्दा निकै हर्षित् भएका निर्माण कम्पनीका साईड ईञ्चार्ज किशोर चौलागाई बताउँछन् । पुल निर्माणका क्रममा यस क्षेत्रका उपभोक्ताले पाएको सास्तीको अनेकौं किस्सा सुनेको र अवको दिनमा उपभोक्ताले त्यस्ता सास्ती भोग्नु नपर्ने भएपछि आफुलाइ समेत निकै सन्तुष्टी मिलेको उनले बताए ।

पुल बनेपछि भानु नगरपालिका १३ नम्बरका चन्द्रावती, समजुर, सतिस्वाँरा र १२ का मिर्लुङ, घलेछाप, रतनपुर, कवाचित, वयपानी, आहाले, छहरे, रयले, अर्वाजे लगायतका दजनौं गाउँका उपभोक्तालाई सुविधा हुने निर्माण कम्पनीका सुपरभाईजर भोला गैह्रेले बताए ।

 

प्रकाशित: २ श्रावण २०७४ ११:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App