coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रधानसेनापतिबाट उपरथीको दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं- नेपाली सेनाको उपरथीमा पदोन्नती भएकाहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। मन्त्रिपरिषदले असार २९ गते सैनिक इन्टेलिजेन्स महानिर्देशनालयका सहायक रथी कर्मेन्द्र बिक्रम लिम्बु, शिवराम खरेल र ईश्वर हमाललाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो।

जंगी अड्डामा आयोजिक विशेष समारोहमा प्रधानसेनापती राजेन्द्र क्षत्रीले बढुवा भएका तीन मध्ये एक लिम्बुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुनु।

पदोनन्ती भएका सहायक रथी खरेल बिशेष कारणले उपस्थित हुन नसकेको र सहायक रथी हमाल  विदेशमा रहेकाले उनीहरुलाई दर्ज्यानी चिन्ह पछि प्रदान गरिने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

 

प्रकाशित: २ श्रावण २०७४ ११:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App