८ वैशाख २०८१ शनिबार
राजनीति

भरतपुर मतगणना विवादको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं- भरतपुर महानगरपालिकाको मत परिणाम सम्बन्धी विवाद थप लम्बिएको छ। सर्वोच्च अदालतले आज पनि सो मुद्दा हेर्दाहेर्दैमा राखेपछि लम्बिएको हो।

सर्वोच्चमा भरतपुर मतगणना विवाद मुद्दाको सोमबार सुनुवाई तोकिएको थियो। न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले साउन ८ का लागि पेसी सारेको छ।

न्यायाधीश पुरुषोत्तम भण्डारी विरामी भएकाले विदेश उपचार गर्न जानु परेकाले एकसाता पछि सारिएको सर्वोच्चले जनाएको छ।

मत गन्दा गन्दै विवादमा मतपत्र च्यातिएपछि निर्वाचन आयोगले भरतपुरको एउटा वडामा पुनः मतदान गर्ने निर्णय गरेको थियो।

आयोगको निर्णय विरुद्ध भरतपुर महानगर १९ का वडा सदस्यका उम्मेदवार गुन्जमान बिक, अधिवक्ता तुलसीराम पाण्डेले जेठ २१ मा सर्वोच्चमा रिट दर्ता गरेका थिए।

 

 

प्रकाशित: २ श्रावण २०७४ १३:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App