८ वैशाख २०८१ शनिबार
प्रविधि

चर्चामा सामसङ ग्यालेक्सी नोट एट

कोरियाली कम्पनी सामसङले गत बुधबार सार्वजनिक गरेको ग्यालेक्सी नोट एटको चर्चा संसारभर नै भएको छ। प्रतिष्पर्धी एप्पलले ल्याउन लागेको नयाँ स्मार्टफोनलाई टक्कर दिनेगरि सामसङले ल्याएको यो नोटको चर्चा त्यत्तिकै भएको होइन। यसमा फरक विशेषता छन्। डिजाइन भिन्न र आकर्षक छ। अनि थपिएका छन् थुप्रै नयाँ फिचर्स पनि।

६ दशमलव तीन इन्चको यो फ्याब्लेटमा धेरै कुरा सुधार गरिएको कम्पनीको दाबी छ। सामसङले कर्भी डिजाइनमा ल्याएको नोट एटमा एस पेन पाउनेछन्। यो वाटरप्रुफ छ।

आकर्षक डिजाइनयुक्त यसमा डुअल लेन्स क्यामेरा छ। फ्याब्लेटको रूपमा सार्वजनिक नोट एट पहिले पनि सार्वजनिक भएको थियो। तर, ब्याट्री तातेर समस्या भएपछि बजारबाट फिर्ता गरिएको नोट एटलाई कम्पनीले सुधार गरि नयाँ संस्करणमा सार्वनजनिक गरेको हो।

६ दशमलव तीन इन्चको यो फ्याब्लेटमा धेरै कुरा सुधार गरिएको कम्पनीको दाबी छ। सामसङले कर्भी डिजाइनमा ल्याएको नोट एटमा एस पेन पाउनेछन्। यो वाटरप्रुफ छ। अक्टाकोर प्रोसेसरयुक्त यसमा बढाउन सकिने गरी ६४ जिबी मेमोरी छ। वायरलेस चार्ज सुविधा भएको यसलाई एकदमै युनिक नोटका रूपमा हेरिएको छ।

नोट एटको डुअल लेन्स क्यामेरालाई धेरैले युनिक विशेषता भनेका छन्। कम्पनीले स्मार्टफोन मोडल एस एटमा डुअल क्यामेरा राख्ने चर्चा भएपनि त्यसमा एउटा मात्र क्यामेरा राखिएको थियो। एप्पलले एक वर्षअघि नै आइफोनमा डुअल लेन्स क्यामेरा राखिसकेको छ। सामसङलाई डुअल लेन्स राख्नका लामो समय लागेको भन्ने समाचारले पनि नोट एटलाई चर्चामा ल्याइलिएको छ।

ढिलै भएपनि सामसङले ल्याएको डुअल लेन्सले आइफोन सेभेन प्लसको भन्दा प्रभावकारी काम गर्ने कम्पनीको दाबी छ। नोट एटको पछाडि १२ मेगापिक्सेलको दुई क्यामेरा छन्। जसमा अप्टिकल इमेज स्टेबलाइजेसन छ।

क्यामेरामा वाइड एंगल र टेलिफोटो लेन्स पनि छ। त्यसले नोट एटबाट डिएसएलआर क्यामेरा जसरी जुम गर्न र फोटोमा डेप्थ अफ फिल्ड थप्ने अवसर दिन्छ। आइफोनको पोट्रेट मोडमा यस्तै अफर भएपनि सामसङले प्रयोगकर्ताले फोटोमा कति मात्रामा ब्लर गराउने भन्ने विशेषता थपिदिएको छ। यसको लाइभ फोकस इफेक्ट फोटो लिएपछि पनि घटबढ गर्न र पूर्ण रूपमा हटाउन मिल्छ। यस्तो सुविधा आइफोनमा छैन। नोट एटले हरेक फोटोका दुई प्रति भण्डारण गर्ने अवसर दिन्छ। त्यसमध्ये एउटा सक्कली फोटो हुन्छ भने अर्कोमा इफेक्ट थपिएको हुन्छ।

नोट एटमा डुअल क्याप्चर मोड पनि छ। यसले पछाडि रहेका दुवै क्यामेराले एकै समयमा दुई तस्बिर लिन र सेभ गर्न सक्छ। यो विशेषता प्रयोग गरेर एउटा क्यामेराले क्लोजअप र अर्कोले वाइड सट लिन सकिन्छ।

सामसङले यस्ता विशेषतायुक्त क्यामेरा राखेर बजारमा प्रभाव देखाउने आँकलन त गर्न सकिन्छ तर एप्पलले अर्को महिना सार्वजनिक गर्ने आइफोन एटको टक्करबाट कसरी बचाँउछ भन्ने हेर्न बाकी नै छ।

अमेरिकी ब्रान्ड एप्पललाई टक्कर दिने सामसङ हरेक कुरामा उत्तिकै प्रतिष्पर्धी देखिन्छ। नोट एट सार्वजनिक समारोहलाई पनि उसले एकदमै भव्य बनाएको थियो। समारोहको स्टेज 'कुल' थियो भने कम्पनीका प्रतिनिधीले प्रस्तुति दिइरहदाँ ठूलो स्त्रि्कनमा नोट एट तैरिरहेको थियो। थि्रडी तस्बिरले स्टेजलाई आकर्षक बनाएका थिए। ठूला तीन हाई रिजोलुसन एलइडी स्त्रि्कन राखिएका थिए। स्टेजको सजावट पनि निक्कै आकर्षक थियो।

–एजेन्सीको सहयोगमा

प्रकाशित: १० भाद्र २०७४ ०४:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App