लन्डनमा नेपाली मेलाको रमझम

सोमबार, १२ भदौ २०७४, १७ : २० चिरन शर्मा  | @chiranuk


लन्डन—‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ नाराका तमुधिं यूकेले आयोजा गरेको नेपाली मेला २०१७ भव्य रुपमा सम्पन्न भयो। आइतवार लण्डनस्थित केम्पटन पार्क रेस कोर्समा १० औं हजार नेपाली तथा विदेशी पाहुनाको सहभागितामा सम्पन्न मेलामा विभिन्न संघसंस्थाको प्रतिनिधिले नेपाली कला संस्कृति झल्किने झाँकी निकालेका थिए।
 
बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीको प्रमुख आथित्यमा सम्पन्न मेलाको सफलताको लागि बेलायतको प्रमुख प्रतिपक्ष दल लेवर पार्टीका नेता जेरमी कोरविनले भिडियो शुभकामना पठाएका थिए। 

गैरआवासी नेपाली संघका अध्यक्ष शेष घले विशिष्ट अतिथिका रुपमा मेलाको बेलायतस्थित नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले मेलाको उद्घाटन गरेका थिए।  मेला हेर्न बेलायतस्थित १६ देशका कूटनीतिक नियोग प्रमुख तथा उपप्रमुख, बेलायतका विभिन्न शहर र यूरोपका बिभिन्न देशबाट हजारौंको संख्यामा नेपाली सहभागी हुँदा स्टेडियम नेपालीले भरिभराउ भयो।
 
राजदूत डा. सुवेदीले नेपाल एक बहुभाषी, बहुजाति, बहुसंस्कृति अखण्ड र स्वतन्त्र मुलुक भएको चर्चा गर्दै हिमाल, पहाड, तराई, स्वेदश विदेश जहाँ भए पनि हामी नेपाली सयौ थुङ्गा फुलको एउटैमा मालामा भएको बताए। उनले नेपाली संस्कृतिले नेपालीको एकतालाई सुन्दर मालाको रुपमा उनिएको बताए। उनले विविधतामा एकता नेपालीहरुको बिषेशता उनले भने नेपालमा जस्तै बेलायतमा विविधता रहेको बताउदै विविधा बीचको एकतालाई जोगाउनु पर्ने उनको धारणा थियो। तमुधि यूके नेपाली दूतावासको सहकार्यमा आयोजना हुने नेपाली मेलाले विदेशमा बहुसंस्कृतिको नमुनाको रुपमा रहेको उनले बताए।

संस्थागत संरचना बलियो पार्न भिजन २०२० : घले

कार्यक्रमलाई सम्वोधन गर्दै गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले नेपालमा भूकम्प गएको र बाढी पहिरोको बेला विदेशमा बस्ने नेपालीले खेलेको भूमिकाको प्रशंसा गरे। उनले मातृभूमिलाई दुःख पर्दा साथ दिने र सम्मृद्धिको यात्रामा सहकार्य गर्नु नै नेपालीको लागि नेपाली भन्ने नाराको सही कार्यान्वयन भएको बताए।

सप्तरीको बाढी पीडितका लागि राहत वितरणमा खटेका घले शनिवार बेलायत आइपुगेका हुन्। उनले बाढी पीडित र भुकम्पको बेला तराई पहाड हिमालमा काम गरेको अनुभव सुनाउँदै भने, 'हामीकहाँ सिस्टम छैन्। विपतको लागि पूर्वतयारी छैन।' उनले गैरआवासीय नेपाली संघजस्तो संस्थालाई समेत सहजीकरण गर्ने संयन्त्र नभएकोमा उनले गुनासो गरे।गैरआवासीय नेपाली संघ जस्तो संस्थालाई बलियो बनाए मात्र दुःख परेको बेला मातृभूमिलाई सहयोग गर्न सकिने उनको भनाइ थियो।

उनले संस्थागत संरचनालाई बलियो बनाउन आफुले भिजन २०२० एण्ड बियोण्ड भन्ने नयाँ  भिजन र कार्ययोजना गैरआवासीय नेपाली संघका ल्याएको दावी गरे। उनले गैरआवासीय नेपाली संघको क्षमता र संरचना नबन्नु अहिलेको तीतो यथार्थ भएको बताउँदै सत्यलाई स्वीकार गर्दै भिजन २०२० एण्ड बियोण्डको प्रस्ताव कार्यान्वयन भए सबै गैरआवासीय नेपालीको सपना साकार हुने दावी गरे।

अध्यक्ष घलेले गैरआवासीय नेपाली संघको अक्टोवरमा हुने विश्व सम्मेलनमा कस्तो नेतृत्व चयन गर्ने बिषयमा समेत मुख खोले। घलेले गैरआवासीय नेपाली संघको इतिहासको रक्षा गर्दै भविष्यको बलियो संस्था बनाउने जिम्मेवारी पूरा गर्दै आफ्नो पछिल्ला दुई कार्यकालमा अगाडि बढाएका सोच र परियोजनाको अभिभारा कुशलातापूर्वक पूरा गर्ने नेतृत्व आवश्यक रहेकोमा जोड दिए।

मेलामा ४० वटा व्यवसायिक स्टल राखिएका थिए। मेलाको अवसर पारेर गोर्खा सैनिक सेवामा रहेर सगरमाथाको सफल आरोहण गर्ने ५ जना र एभरेस्ट म्याराथुन धावकलाई सम्मान गरिएको थियो।
 
बाढीपीडितको सहयोगका लागि मेलामा संकलित १० लाख रुपैयाँ गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेलाई हस्तान्तरण गरिएको थियो। तमुधीं यूकेका अध्यक्ष ज्ञाम गुरुङको सभापतित्वमा सम्पन्न मेलाको संयोजक हितकाजी गुरुङले गरेका थिए।

मेलामा सहभागी बिभिन्न झाँकीहरुको मध्यको उत्कृष्ट झाँकीको लमजुङ समाज यूकेले प्रर्दशन गर्दै एम्वेस्डर कप २०१७ को उपाधि जितेको थियो।

तपाईको समाचार पठाउन यहाँ थिच्नुहोस् ।






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

‘मंगलम्’लाई पाँच अवार्ड

‘मंगलम्’लाई पाँच अवार्ड

डिजिटल मोडलमा बनेका फिल्मलाई प्रोत्साहित गर्न राजधानीमा बिहीबार आयोजना गरिएको १० औं संस्करणको ‘डि सिने अवार्ड २०७५’ फिल्म ‘मंगलम्’ले प्रतिस्पर्धामा...

प्रहरी र अपराधीबीचकोे ‘चक्कर’

प्रहरी र अपराधीबीचकोे ‘चक्कर’

अपराधको विषयबस्तु समेटेर तयार पारिएको फिल्म ‘चक्कर’को ट्रेलर र फस्टलुक सार्वजनिक भएको छ। राजधानीमा बिहीबार फिल्म युनिटले पत्रकारमाझ फस्टलुक र...

एकै स्टेजमा तीन विजेता

एकै स्टेजमा तीन विजेता

एउटै स्टेजमा एकसाथ तीन विजेता छानिने भएका छन्। ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टले आगामी असार १ गते राजधानीमा आयोजना गर्न लागेको ‘मिस...

भ्यान गगलाई सृष्टिको सम्मान

भ्यान गगलाई सृष्टिको सम्मान

नेदरल्यान्डमा जन्मिएका महान् चित्रकार भिन्सेन्ट भ्यान गगलाई समर्पण गर्दै फिल्म ‘रोमियो एन्ड मुना’ले गीत सार्वजनिक गरेको छ। फिल्मले भ्यान गगका...