coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

आठौं राष्ट्रिय खेलकुदको मस्कट हात्तीको छावा

नेपालगन्ज- आसन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि मस्कटको निर्णय गरिएको छ । आगामी २०७५ साल पुस महिनामा मध्यपश्चिम क्षेत्रमा हुन लागेको उक्त प्रतियोगिताको मस्कट हात्तीको बच्चा (छावा) राख्ने निर्णय गरिएको हो  । युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीको प्रमुख आतिथ्यमा सोमबार सम्पन्न सचिवालय बैठकले सो निर्णय गरेको हो ।

  राष्ट्रिय खेलकुद परिषद्का कोषाध्यक्ष सुरेन्द्र हमालको अध्यक्षतामा सम्पन्न बैठकमा राखेपका सदस्यसचिव केशवकुमार विष्ट, नेपाल ओलम्पिक कमिटीका कोषाध्यक्ष रतनकुमार टण्डन, बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी, नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगर, नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइराला, विभिन्न सुरक्षा निकायका प्रतिनिधि, खेल प्रशिक्षकलगायतको उपस्थिति रहेको थियो । सो अवसरमा मन्त्री केसीले पूर्वाधार निर्माणमा बजेटको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे । उनले भने ‘बजेट अभावका कारण आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्वाधारका काम रोकिँदैन, तर समयमा पूर्वाधार निर्माणको काम सक्ने चुनौती छ ।’

 बैठकमा राखेप सदस्यसचिव विष्टले प्रतियोगिता तयारीका लागि हालसम्म भएका कार्य सम्पदनका विषयमा जानकारी गराएका थिए । उनले प्रतियोगिता सञ्चालनका लागि ३५ करोड र भौतिक पूर्वाधार पुनःनिर्माणका लागि ७० करोड गरी कुल १ अर्ब ५ करोड रुपैयाँ खर्च हुने बताए । आठौं खेलकुद प्रतियोगिता नेपालगन्जसहित बर्दिया, सुर्खेत र दाङमा सञ्चालन गर्ने गरी आवश्यक तयारी थालिएको सदस्यसचिव विष्टले जानकारी दिए ।

  बैठकअघि मन्त्री केसीसहितको टोलीले बाँके र बर्दियाका विभिन्न खेलकुद पुर्वाधारको स्थलगत निरीक्षण गरेको थियो । नेपालगन्जस्थित रंगशाला, कर्भडहल, पौडी पोखरी, कोहलपुरमा रहेको अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कोहलपुरकै १३ विघा फुटबल मैदान, तथा बर्दियाको गुलरियामा रहेको कर्भड हल र खेलमैदानलगायत खेलकुद पूर्वाधारको निरीक्षण गरेको क्षेत्रीय खेलकुद विकास समितिका उपाध्यक्ष नरेन्द्र थापाले जानकारी दिए ।

प्रकाशित: १३ भाद्र २०७४ ०३:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App