७ वैशाख २०८१ शुक्रबार
प्रवास

टोकियोमा नेपालको झल्को

कार्यक्रममा सहभागी हुँदै जापानका लागि नेपाली राजदूत प्रतिभा राणा तथा एनअारएन उपाध्यक्ष भवन भट्ट। तस्विरः नारायण

टोकियो— नेपाली परम्परागत बाजा, नेपाली धुन र नेपाली परिकार देख्दा जापानीहरु छक्क परे। उनी टक्क अडिएर सोधीखोजी गर्थे, 'के भइरहेको हो?' नेपालमय स्टल र नेपाली पहिरनले नेपालीहरूलाई त नेपालको झझल्को मेटाउने अवसर जुरायो नै जापानीसहित अन्य देशका नागरिकलाई समेत नेपालसँग नजिक हुन मौका जुरायो।

'नेपालबारे सुनेको  थिएँ तर मेलामा आएर झन् धेरै कुराहरू थाहा पाएँ', टोकियोमा नर्सिङ पेशामा आबद्ध जापानी नागरिक कानाको कुमाले भनिन्, 'नेपालको बिहेमा लगाउने पहिरन मलाई निकै रोचक लाग्यो। म कुनै बेला नेपाल भ्रमण गर्न जानेछु।'

अतिथि देवो भवः भन्ने नारासहित नेपाली वस्तुको प्रचारप्रसार गरी नेपालको पर्यटन प्रर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि जापानस्थित नेपाली राजदूत प्रतिभा राणाले यस्ता कार्यक्रमले नेपालको पर्यटन प्रवर्ध्दन हुने कुरामा विश्वसस्त हुन सकिने उल्लेख गरिन्। जापानबासी सम्पूर्ण नेपालीहरू नेपालको दूत हुन् भन्दै उनले भनिन्, 'सबै मिली नेपालको गरिमा बढाउने र पर्यटन प्रवर्द्धन गर्ने कार्य गर्नुपर्छ।'

कार्यक्रममा एनआरएनए आईसीसी उपाध्यक्ष भवन भट्टले नेपाल फेस्टिवल सबै नेपालीको फेस्टिवल भएको बताए। भट्टले भूकम्पपछि नेपाल भ्रमणमा जाने जापानी पर्यटकमा कमी आए पनि अब नेपाल सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्न मेलाले सहयोग पुर्‍याएउने बताए।

महोत्सवमा टोकियो बाहिरका शहरहरूबाट समेत नेपालीहरू सहभागी हुन आएका थिए। होक्काईदोदेखि ओकिनावा स्टेट सम्मका नेपालीहरू मेलामा सहभागी थिए।

नेपाली खाना,नेपाली नृत्य,लाखे नाच लगायत् सबै कुरामा नेपालीपन भेटेँ शिजुओका स्टेटबाट मेलामा सहभागी हुन आएका नुवाकोटका नीराजन भन्डारीले भने। जापानीहरूको उपस्थिति र नेपालप्रतिको आकर्षण देख्दा खुशी लाग्यो।

मेलालाई दुई लाखभन्दा बढीले अवलोकन गरेको र गत वर्षभन्दा २५ प्रतिशत बढी जापानी नागरिकले मेलामा आएको एनआरएनए जापानले जनाएको छ।

यो वर्षदेखि मेलामा प्रस्तुत गरिएको मौलिक नेपाली घरमा जापानीहरूको निकै आकर्षण देखिएको थियो। नेपाली घरसँग फोटो खिच्न जापानी तथा नेपालीहरूको समेत घुइँचो लागेको थियो।

 

प्रकाशित: १३ भाद्र २०७४ ०७:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App