७ वैशाख २०८१ शुक्रबार
प्रवास

नेपाली पूर्व राष्ट्रिय खेलाडीहरु बेलायतमा संगठित

लन्डन - नेपाली पूर्व राष्ट्रिय खेलाडीहरु वेलायतमा संगठित भएका छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको बेलायत शाखा गठन गरेर उनीहरु संगठित भएका हुन् । 

लण्डनमा शुक्रवार आयोजित एक भेलाले पूर्व राष्ट्रिय बक्सिङ खेलाडी सिद्धार्थ विक्रम क्षेत्रीको नेतृत्वमा शाखा विस्तार गरिएको हो । जिम्मेवारी पाएसंगै अध्यक्ष क्षेत्रीले छिट्टै बेलायतमा रहेका पूर्व राष्ट्रिय खेलाडीहरु सम्मिलित कार्यसमितिको गठन गर्ने जनाए । एक दशकयता बेलायत बस्दै आएका क्षेत्री मिडिया र व्यवसायमा समेत संलग्न छन।

नेपाल ब्याडमिन्टन संघका केन्द्रिय सदस्य एवं काठमाडौं ब्याडमिन्टन संघका अध्यक्ष दीपक थापाले  प्रमाणपत्रसहित बधाइ दिएका थिए । कार्यक्रममा पूर्व राष्ट्रिय खेलाडीहरु सुरज कार्की, जीवन सेन, प्रकाश बस्नेत, ग्रयाण्ड मास्टर एनजे गुरुङ लगायतले क्षेत्रीलाई शुभकामना दिएका थिए । 

 

 

प्रकाशित: १६ भाद्र २०७४ १२:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App