८ वैशाख २०८१ शनिबार
अर्थ

बाढीले माछा व्यवसायमा करोडौंको क्षति

बाढीको समयमा सिरानका निजी पोखरी भत्किएर बगेको माछा पुछारतिर छान्दै खेसराहाका स्थानीय। तस्बिर: रितेश त्रिपाठी

वीरगंज-  यस पटकको बर्षातले ल्याएको बाढीका क्षतिको यकिन आँकडा बिस्तारै खुल्न थालेको छ। मानवीय राहत तथा उद्धारको चटारोमा ओझेलमा परेको किसानहरुको क्षतिको कुरा बिस्तारै खुल्न थालेको क्रममा पर्सामा ३ सय हेक्टर क्षेत्रफल अगोटेको सयौं पोखरीका माछा बाढीले बगाएको खुलेको छ। ब्यवसायीक रुपमा माछापालन गर्न किसानहरु अघि सरिरहेको बेला यसपाली आएको बाढीको नोक्सानीले नयाँ र पुराना माछापालक किसानहरु मर्कामा परेका छन्।  

 ‘अहिलेसम्म ब्यवसायीक माछापालन गरिएका सयौं पोखरीहरुको माछा बाढीले बगाएको माछापालक किसानहरुको दावी आएको छ,’ जिल्ला कृषी कार्यालय पर्साका प्रमुख विरेन्द्रप्रसाद सिन्हाले नागरिकलाई भने, ‘अझ किसानहरुको निवेदन आउने क्रम जारी छ, यसपछि हामीले निरिक्षण गरेर यकिन तथ्यांक खडा गर्छौं, उनीहरुलाई के राहत वा क्षतिपुर्ती हुन्छ कुनै निर्देशन आइसकेको छैन्।’ सरकारले त्यसता बाढी पीडीत माछापालक किसानको हकमा सुबिधाहरु ल्याएको हकमा जिल्लामा समिति गठन गरी त्यसमार्फत बितरण हुन सक्ने उनको अनुमान छ।

यसपालीको बाढीले माछापालामा धेरै नै क्षति गरेको उनको भनाई छ । सिन्हाले भनेजस्तै माछापालक किसान मुर्लीका संजय प्रसाद साहलाई यसपाली बाढीले निकै क्षति पुर्‍याएको छ । उनले बिभिन्न ठाउँमा गरी करिब १५ बिगहा क्षेत्रफल पोखरीमा माछापालन गर्ने गरेका छन् । खेसराहामा रहेको ६ बिगहाको पोखरीको डिल भत्काएर बाढी पसी माछा बगाएर लगेको छ । ‘त्यसबाट करिब २० लाखको माछा निस्किने अनुमान गरेको थिएँ, साउन महिनामा माछामासु बिक्री हुँदैन, त्यसकारण माछा रोकेर पोखरीभित्रै राखेको थिए । बाढी आउनुभन्ँदा एक दिन अगाडी मैले एक लाख जतिको माछा झिकेर बेंच्न पाएँ, अर्को किन बाढी पसेर सबै लग्यो,’ साहले भने, ‘म बर्बाद भएँ, धोबिनीमा रहेको अर्को पोखरीमा पनि बाढी पसेर आधा जति माछा बगाएर लगेको छ, त्यहाँ भने पानी कम थियो, जाली लगाएर केही माछा जोगाउन सकें।’

परम्परागत खेतीभन्दा करिब ३ गुणा बढी र नगद मैं आम्दनी हुने स्रोतको रुपमा माछापालन भरपर्दो देखिएपछि पर्साका किसानहरु ब्यवसायीक माछापालनमा आकर्षित भएको बेला यसपालीको बाढीले सताएको हो । खेतको जग्गामा पोखरी खनेर माछापालन गर्ने किसानहरुको संख्या यहाँ बढ्दो छ । भारतबाट आयातित माछा उपभोग गर्दै आएको पर्सा जिल्ला पछिल्लो समयमा देशको अरु भागमा माछा पठाउने आपुर्तीकर्ता बनसकेको थियो । सिजनमा वीरगन्जबाट दैनिक करिब २० हजार किलो माछा काठमाडौं र अरु सहरहरुतिर निकासी हुने गररेको छ।

‘माछापालनमा आम्दनी राम्रो छ, जिल्ला बाहरि पनि हामीले पठाउछौं,’ माछा पालक किसानसंगै माछाको थोक कारोबारी समेत रहेका बिपिन साहले भने, ‘यसपाली बाढीले स्थानीय माछापालनलाई निकै क्षति पुर्याएको छ ।’ पर्सामा करिब साढे ३ सय हेक्टर जलाशय रहेको साना ठुला गरी एक हजार २ सय वटा पोखरीमा करिब दुई हजार मेट्रिक टनभन्दा बढी माछा उत्पादन हुने गरेको छ।

 

 

प्रकाशित: १९ भाद्र २०७४ १०:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App