coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

ऊर्जाका गुनासा सुन्न ११५१ टोल फ्री नम्बर

काठमाडौं- सरकारले ऊर्जासँग सम्बन्धित जनगुनासो तत्काल सम्बोधन गर्न टोल फ्री नम्बर ११५१ सञ्चालनमा ल्याएको छ । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले ऊर्जा मन्त्रालयमा सोमबार आयोजित एक कार्यक्रममा ऊर्जासँग सम्बन्धित जनताको गुनासो तत्काल सम्बोधन गर्ने उद्देश्यले उक्त टोल फ्री नम्बरको थालनी गरे ।

टोल फ्री नम्बरले जनताको गुनासोलाई सम्बोधन गर्ने दाबी ऊर्जामन्त्री शाहीले गरे । ‘त्यस सेवाले मुलुकको ऊर्जा क्षेत्रको विकासलाई व्यवस्थित, पारदर्शी र गतिशील बनाउन महŒवपूर्ण भूमिका निर्वाह गर्नेछ,’ उनले भने, ‘जनतालाई सोझै सरकारसँग जोडने माध्यमको रूपमा पनि टोल फ्री नम्बर सेवा सञ्चालनमा ल्याउनु हो ।’

उक्त सेवाबाट मुलुकको ऊर्जा क्षेत्रको विकासमा जनताको सहभागिता सुनिश्चित हुने विश्वास उनले व्यक्त गरे । हटलाइन सेवा सञ्चालनका लागि चौबीसै घन्टा कार्यरत रहने गरी तीन–तीनजनाका दरले कर्मचारी उपलब्ध गराएको छ । मुलुकभरका वितरण केन्द्रका कर्मचारीले उपभोक्तालाई राम्रो व्यवहार नगरेको, मिटर लिँदा घुस मागेको, ट्रान्सफर्मर बिग्रेको लामो समय हुँदा पनि मर्मत नगरेको जस्ता गुनासा सिधै ११५१ नम्बरमा फोन गर्न सकिनेछ । उक्त नम्बरमा एकैपटक तीनजनाले फोन गर्न सक्नेछन् ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सेवाग्राहीलाई सहज रूपमा सेवा दिन र कुनै गुनासो भए सिधै सम्पर्क गर्न सहज होस् भनेर टेलिफोन नम्बर सञ्चालनमा ल्याइएको बताए ।

यसैगरी, प्राधिकरणले ‘एनइए अफिसिएल’ नामक मोबाइल एप्लिकेसनसमेत सञ्चालनमा ल्याएको छ । उक्त एप्लिकेसनमा ग्राहकले आफ्नो विद्युत् महसुल कति उठेछ भन्नेसमेत हेर्न सक्नेछन् ।

मन्त्रीको अधिकांश समय आफ्नो बचाउमा

टोल फ्री नम्बर ११५१ सञ्चालनमा ल्याएको जानकारी गराउन मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रममा ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले अधिकांश समय नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आफूबीचको सम्बन्ध सुमधुर रहेको पटकपटक दोहो¥याए ।

नागरिकले लेखेको समचारप्रति लक्षित गर्दै उनले भने, ‘पत्रिकाले लेखेजस्तो हाम्रो सम्बन्ध बिग्रिएको छैन ।’ ऊर्जा क्षेत्रको विकासलाई व्यवस्थित, पारदर्शी र गतिशील बनाउन एक ढिक्का भएको बताए । ‘हामीबीच फाटो पार्ने काम भएको छ, त्यसको खुलेरै प्रतिकार गर्छौं,’ उनले भने, ‘समचार पत्रिकामा आएपछि कार्यकारी निर्देशक र म स्वयं विभिन्न कार्यक्रममा प्रतिवाद गर्दै आएको छु ।’

यसअघि प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले ऊर्जामन्त्री, ऊर्जासचिव लगायत ऊर्जा मन्त्रालय तथा विद्युत् प्राधिकरणको सम्पूर्ण टिम एक ढिक्का भएर ऊर्जा क्षेत्रको तत्कालीन र दीर्घकालीन समस्या समाधान गर्न तदारुकताका साथ अगाडि बढिरहेको बताएका थिए । दिगो रुपमा ऊर्जा संकट समाधान गरी ऊर्जामा आत्मनिर्भर बनाउन चालिएका कदम सफल बनाउन सबै पक्षकोे सहयोगको अपेक्षा उनले गरेका छन् ।

प्रकाशित: २० भाद्र २०७४ ०५:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App