coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

युनिलिभरका प्रमुख कार्यकारी अधिकृत पउल पौलम्यान नेपालमा

युनिलिभरका प्रमुख कार्यकारी अधिकृत पौल पोलम्यान (दायाँ)

काठमाडौं- युनिलिभर नेपाल सञ्चालनको २५औं वार्षिक उत्सव मनाउन युनिलिभरका प्रमुख कार्यकारी अधिकृत पौल पोलम्यान बेलायतबाट सोमबार नेपाल आएका छन्।  

पोलम्यानको साथमा युनिलिभर दक्षिण एसियाका कार्यकारी उपाध्याक्ष सञ्जीव मेहता तथा युनिलिभर नेपालका अध्यक्ष प्रदिप बनर्जी पनि छन् । युनिलिभरका प्रमुख कार्यकारी अधिकृतको भ्रमणले युनिलिभरको स्थानीय व्यवसाय र नेपाली जनताप्रतिको प्रतिबद्धता प्रदर्शित गरेको कम्पनीले जनाएको छ। 

‘नेपालमा हाम्रो व्यवसायलाई थप बलियो बनाउन र स्थिर, प्रतिस्पर्धात्मक, नाफामुलक र जिम्मेवारीयुक्त वृद्धिलाई निरन्तरता दिने हाम्रो प्रयास हो,’ प्रमुख कार्यकारी अधिकृत पोलम्यानले भने । 

वार्षिकोत्सवका अवसरमा स्थानीय उत्पादन क्षमता बढाएर मुलुकमा पुँजीगत लगानी वृद्धिलाई कम्पनीले निरन्तरता दिनेमा प्रमुख कार्यकारी अधिकृत पोलम्यानले जोड दिए । ‘नेपालमा हाम्रो व्यवसायलाई थप बलियो बनाउन र स्थिर, प्रतिस्पर्धात्मक, नाफामुलक र जिम्मेवारीयुक्त वृद्धिलाई निरन्तरता दिने हाम्रो प्रयास हो,’ प्रमुख कार्यकारी अधिकृत पोलम्यानले भने । 

उनले ११ र १२ कक्षामा अध्ययनरत १० जना विमुख परिवारका छात्रालाई दुई वर्षका लागि हरेक वर्ष छात्रवृत्ति दिन माइती नेपालको गैह्रसहकारी संस्थासँग सहकार्यमा स्थापित फेयर एन्ड लभ्ली फाउन्डेसनको उद्घाटन गरे । 
माइती नेपालमा आवद्ध महिलालाई युनिलिभरमा रोजगारी दिन उनीहरुलाई व्यावसायिक सीप सम्बन्धी तालिम प्रदान समेत गरिने बताइएको छ । पोलम्यानका अनुसार कम्पनीको दिगो विकासको मोडल भनेको मूल्यलाई मूल्यसँग समायोजन गर्नु हो र समाजका लागि मनकारी ढंगले खर्च गरेर सामाजिक तथा मौद्रिक सफलता प्राप्त गर्नु हो।

युनिलिभर नेपाल मुलुककै सबैभन्दा ठूला स्थानीय उत्पादक कम्पनीहरुमध्ये एक भएको छ । यसको एउटा उत्पादन एकाई र चारवटा प्याकेजिङ गर्ने  सह–एकाई छन् । कम्पनीले दुई सय ४३ जनालाई प्रत्यक्ष र २० हजारलाई अप्रत्यक्ष रोजगारी प्रदान गरेको छ। 

युनिलिभर नेपालले स्वस्थ र सक्षम नेपाल नामक अभियान अन्तर्गत स्वास्थ्य र जीवनयापनमा सुधार ल्याउने र जीवनस्तर उकास्ने उद्देश्य राखेको छ । कम्पनीका अनुसार लाइफ बोयको ‘बच्चालाई पाँच वर्ष पुग्न सहयोग गरौं’ भन्ने कार्यक्रमको उद्देश्य केही महत्वपूर्ण अवसरमा साबुन र पानीले हात धुने बानी बसाली स्वास्थ्य र जीवनयापन शैलीमा सुधार ल्याउनु हो । यसले झाडापखाला तथा अन्य रोकथाम गर्न सकिने संक्रमणलाई घटाउन मद्दत गर्ने कम्पनीको दाबी छ । कम्पनीका अनुसार लाइफबोयको यो कार्यक्रमबाट नेपालको १० प्रतिशत जनसंख्यासम्म पुग्न सकिएको छ।

यस्तै नेपाल दन्त चिकित्सक एसोसिएसनसगँको सहकार्यमा ‘पेप्सोडेन्ट ओरल केयर’ सम्बन्धी कार्यक्रमले विद्यालयका बच्चामा स्वस्थ दाँत तथा गिजाको हेरचाह सम्बन्धी बानीको विकास गर्न सहयोग पुगेको कम्पनीको भनाइ छ । 

‘हाम्री दिदी’ भन्ने पहल वा कार्यक्रमले ग्रामीण महिलाहरुलाई आय उपार्जनको मौका प्रदान गरेर उनीहरुको जीवनस्तर उकास्न सहयोग गरेको छ । सन् २०१४ को नोभेम्बरमा नेपालको १० वटा ग्रामीण जिल्लामा सञ्चालन गरिएको उक्त कार्यक्रमले अहिले पाँच सय विमुख ग्रामीण महिलाको सशक्तिकरण गरेको कम्पनीले जानकारी दिएको छ। 

युनिलिभर नेपाल नेपाली, बेलायती, डच र भारतीय कम्पनी हो । युनिलिभर नेपाल अहिले मुलककै सबैभन्दा ठूला स्थानीय उत्पादक कम्पनीहरु मध्ये एक बनेको छ । कम्पनीका लाइफबोय, लिरिल, क्लोज अप, पेप्सोडेन्ट, सनसिल्क, लक्स, फेयर एन्ड लभ्ली, डोभ, ह्विल, सर्फ र यस्ता अन्य धेरै ब्रान्ड मुलुकका सबै स्थानमा पुगेका छन् ।
 

प्रकाशित: २० भाद्र २०७४ ०६:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App