८ वैशाख २०८१ शनिबार
कला

‘अनुराग’मा दीपक-एलिजाको जोडी

काठमाडौं- पत्रकार ऋषि धमलाकी श्रीमती एलिजा गौतमले फिल्म निर्माणमा हात हालेकी छिन् । आफैं मुख्य भूमिकामा अभिनय गर्ने गरी उनले बुधबार फिल्म ‘अनुराग’को घोषणा गरिन् । राजधानीमा आयोजित कार्यक्रममा फिल्मको कलाकार र प्राविधिक सार्वजनिक गरियो ।

निर्मात्री तथा नायिका एलिजाले फिल्म निर्माणमा श्रीमान् ऋषिको प्रेरणाले आएको बताइन् । ‘मलाई धेरै पहिलेदेखि नै अभिनय र फिल्म निर्माण गर्ने सोच थियो । तर, विभिन्न कारणले सम्भव भएन,’ उनले भनिन्, ‘फिल्म निर्माणमा श्रीमान्ले पनि प्रोत्साहन गर्नुभयो । त्यही प्रोत्साहनले सांगीतिक प्रेमकथाको फिल्म निर्माण गर्दैछु ।’

धेरै फिल्ममा मुख्य सहायक निर्देशकको रूपमा काम गरिसकेका सत्यराज चौलागार्इंले यही फिल्ममार्फत निर्देशनमा डेब्यु गर्दैछन् । ‘फिल्मले माया प्राप्तिका लागि हुने संघर्ष, मिलनमा खुशी र विछोडमा रोदनको कथालाई उठान गर्नेछ,’ उनले भने ।

एरिका फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्ममा एलिजाले अन्तर्राष्ट्रिय मोडलका रूपमा परिचित दीपक घिमिरेसँग अनस्क्रिन रोमान्स गर्नेछिन् । नायक दीपकले यथार्थपरक घटनामा आधारित फिल्ममा काम गर्न पाउँदा खुशी लागेको बताए ।

कात्तिक तेस्रो साताबाट फ्लोरमा जाने फिल्ममा सरोज खनाल, रूपा राना, निर्मल शर्मालगायतका कलाकारको अभिनय हुनेछ । काठमाडौं, पोखरा र इलाममा खिचिने फिल्ममा ताराप्रकाश लिम्बू र सरोज पोखरेलको संगीत, कविराज गहतराजको नृत्य, किरण दाहालको कथा, सत्यराज र आगत केसीको पटकथा तथा संवाद र रामकुमार केसीको छायांकन हुनेछ ।

प्रकाशित: २३ भाद्र २०७४ ०४:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App