७ वैशाख २०८१ शुक्रबार
अर्थ

आयल निगममा घोटाला : सरकारको मौनताप्रति संसद्मा आवाज

काठमाडौं- सत्तासीन नेपाली कांग्रेसका सांसदले नेपाल आयल निगममा जग्गा खरिद गर्दा भएको भ्रष्टाचारलाई बेवास्ता गरेको भन्दै आपूर्ति मन्त्री शिवकुमार मण्डलको आलोचना गरेका छन् । निगम आपूर्ति मन्त्रालयअन्तर्गत पर्छ ।

शुक्रबार संसद्को विशेष समयमा बोल्दै सांसद रामहरि खतिवडाले मन्त्री मण्डल भ्रष्टाचारको आरोप लागेका निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले दिएको गाडी चढेर बजार अनुगमनमा निस्केको आरोपसमेत लगाए । ‘मन्त्रीहरू ‘पब्लिक स्टन्ट’ का लागि अव्यवस्थित तार काट्न र बजार अनुगमन गर्न गएको देखिएको छ,’ खतिवडाले भने, ‘मन्त्रालयभित्रको भ्रष्टाचारबारे मन्त्री नबोल्नु आपत्तिजनक छ ।’

निगमको जग्गा खरिद घोटाला प्रकरणमा मन्त्रीको मौनतालाई लिएर उनले थप आलोचना गरे । निगम तेल भण्डारण स्थल बनाउन जग्गा खरिद गर्दा डेढ अर्बजति  घोटाला भएको तथ्यसहितका समाचार सार्वजनिक हुँदा पनि आपूर्तिमन्त्री मौन छन् । सार्वजनिक लेखा समितिले यस प्रकरणमा कारबाही गर्न लेखी पठाउँदासमेत आपूर्ति मन्त्रालय मौन छ ।

उनले निगम घोटालामा संलग्न भएको आरोप लागेका राप्रपा नेता दीपक बोहरालाई फेरि मन्त्री बनाउन लागिएको भन्दै असन्तुष्टि जनाए ।

प्रकाशित: २४ भाद्र २०७४ ०२:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App