८ वैशाख २०८१ शनिबार
कला

‘साहो’मा दुई श्रद्धा !

मुम्बई- दक्षिण भारतीय फिल्म ‘बाहुबली’ र ‘बाहुबली २’को चरम सफलता पछि अभिनेता प्रभास बलिउडका चल्तीका सेलिब्रेटी बने । हालसम्म दक्षिण भारतीय फिल्ममै रमाइरहेका प्रभासले अब हिन्दी फिल्ममा डेब्यु गर्ने भएका छन् । उनको पहलिो बलिउड फिल्म ‘साहो’मा हुने भएको छ जसमा उनी मुख्य भूमिकामा हुनेछन् । बलिउड र दक्षिण भारतीय फिल्मको सहकार्यको रूपमा हेरिएको यो फिल्मप्रति सबैको चासो छ ।

‘साहो’मा प्रभासको अपोजिटमा हुनेछिन्, अहिलेकी चर्चित बलिउड अभिनेत्री श्रद्धा कपुर । फिल्मका लागि ‘बाहुबली’कै अभिनेत्री अनुष्का सेठ्ठीको चर्चा सुनिए पनि शारीरिक तौलका कारण अनुष्का ‘साहो’मा अटाइनन् । गत महिना मात्र श्रद्धाले आफू प्रभाससँग रोमान्सका लागि अनुवन्धित भएको जनाउँदै सामाजिक सञ्जालमा खुसी पोखेकी थिइन् ।

दक्षिण भारतीय स्टार प्रभाससँग श्रद्धाले अनस्क्रिन रोमान्स गर्ने खबरले उनका फ्यान खुसी भइरहँदा नयाँ खबर पनि थपिएको छ । समाचारअनुसार फिल्ममा श्रद्धाको दोहोरो भूमिका हुनेछ । एउटा भूमिकामा उनी साहसी र निडर हुनेछिन् भने अर्कोमा लजालु । यद्यपि फिल्म युनिटले श्रद्धा फिल्मका लागि अनुवन्धित भएको स्वीकार गरे पनि उनको दोहोरो भूमिकाका बारेमा भने केही बताएको छैन ।

सुटिङको चरणमा रहेको फिल्मका लागि श्रद्धा र प्रभास हाल ‘किप इन टच’ सम्बन्धमा छन् । उनीहरू नियमित मोबाइल र सन्देशमार्फत सम्पर्क गरिरहेका छन् । तेलगु, तमिल र हिन्दी भाषामा बन्ने सो फिल्मका लागि दुवै कलाकारले एकअर्कालाई मातृभाषा सिकाइरहेका छन्, प्रभासले श्रद्धालाई तेलगू र तमिल तथा श्रद्धाले प्रभासलाई हिन्दी ।

श्रद्धाले फिल्मका लागि स्टन्ट तालिम पनि सुरु गरिसकेकी छिन् । ‘सोहा’ले एक योद्धाको कथा बोल्नेछ । फिल्ममा निल नितिन मुकेश, चंकी पाण्डे, मन्दिरा बेदी, ज्याकी श्राफ र महेश मान्जेरकरको पनि अभिनय हुनेछ । अर्को वर्ष रिलिज हुने फिल्म रोमानिया, आबुधाबी, हैदराबाद र मुम्बईमा खिचिनेछ ।

प्रकाशित: २५ भाद्र २०७४ ०४:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App