७ वैशाख २०८१ शुक्रबार
प्रवास

‘भाग्यले बाँचेकाहरु’ले अमेरिकामा जित्यो अवार्ड

विजय थापा
वासिंटन डिसी—लगातार अन्तर्राष्ट्रिय अवार्ड जितेको नेपाली डकुमेन्ट्री फिल्म ‘भाग्ले बाँचेकाहरु (नेपाल अर्थक्वेक ः हिरोज, सर्भाइभर्स एण्ड मिराकल्स) ले अमेरिकामा पनि उत्कृष्ट अवार्ड जित्न सफल भएको छ। 

अमेरिकाको जर्जिया राज्यस्थित म्यारियट्टा शहरमा आइतबार राति सम्पन्न म्यारियट्टा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘भाग्यले बाँचेकाहरु’ सर्वोत्कृष्ट डकुमेन्ट्री बन्न सफल भएको हो। विश्वका १४ वटा देशका ५५ वटा फिल्म प्रतिस्पर्धामा थिए। त्यसमध्ये भाग्यले बाँचेकाहरु डकुमेन्ट्री विधामा सर्वोत्कृष्ट अवार्ड जित्न सफल भएको म्यारियट्टा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवका कार्यकारी निर्देशक डा.रिचर्ड ताभेरनारोले जानकारी दिए।

भाग्यले बाँचेकाहरु टिमका तर्फबाट जर्जियास्थित मानार्थ नेपाली पर्यटन दूत राजा घलेले अवार्ड थापेका थिए। नेपालबाट भाग्यले बाँचेकाहरुमात्र सो महोत्सवमा प्रतिस्पर्धाका लागि छनौट भएको थियो। 

नेपालको महाभूकम्पमा परी चमत्कारिक रुपमा ज्यान बचाउन सफल नेपालीको कथामा बनेको बहुचर्चित वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ ले थुप्रै अन्तर्राष्ट्रिय अवार्ड जितिसकेको छ। ‘अमेरिकामा पनि अवार्ड जित्न सफल भएकोमा धेरै खुसी लागेको छ। हामीले गरेको काम संसारभर सम्मानित हुनु गर्वको कुरा हो,’ भाग्यले बाँचेकाहरुका निर्देशक गणेश पाण्डेले भने, ‘अन्तर्राष्ट्रिय जगतमा यसले नेपालको इज्जत र गरिमा बढाउने काम गरेको छ।’

 

प्रकाशित: २७ भाद्र २०७४ ०६:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App