coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

न्युरोडकी सिमरनले जितिन् मिस प्लस टुको ताज

धरान—किसोरी छात्राहरुमा आत्मविश्वास एवं व्यक्तित्व विकास गराउने उद्देश्यले आयोजित मिस प्लस २ को उपाधि काठमाडौंकी सिमरन तुलाधरले जितेकी छिन्। धरान ८ स्थित सभागृहमा सम्पन्न भएको ग्राण्ड फेनालेमा काठमाडौं न्युरोड स्थायी घर भएकी सिमरनले पहिलो मिस प्लस २ को ताज पहिरिएकी हुन्। उत्कृष्ट ५ मा परेकी उनले मुख्य निर्णायक एवं पूर्व मिस नेपाल उषा खड्गीले सोधेको प्रश्नमा उत्कृष्ट जवाफ दिदै उनले पहिलो सँस्करणमा उपाधि विजेता बनिन्।

मुख्य निर्णायक खड्गीले ५ प्रतिस्पर्धीहरुलाई ‘हाम्रो समाजमा रहेका सडक बालबालिकाहरुको संख्यालाई न्युनीकरण गर्न के गर्नुपर्छ ?’ भन्ने प्रश्न सोधेकी थिइन्। यसको जवाफमा सिमरनले ‘शिक्षा महत्वपूर्ण हुनेमा जोडदिँदै ती बालबालिकाहरुलाई शिक्षित बनाए उनीहरु आफैँले सही वा गलत छुट्याउन सक्ने र सरकारले पनि सचेतना कार्यक्रम ल्याउनुपर्ने’ धारणा राखेकी थिइन्।

सिमरनले ‘शिक्षा महत्वपूर्ण हुनेमा जोडदिँदै ती बालबालिकाहरुलाई शिक्षित बनाए उनीहरु आफैँले सही वा गलत छुट्याउन सक्ने र सरकारले पनि सचेतना कार्यक्रम ल्याउनुपर्ने’ धारणा राखेकी थिइन्।

काठमाडौं स्थायी ठेगाना भएपनि विजेता सिमरन कक्षा ८ देखि धरानको विष्णु मेमोरियल उच्चमाविमा पढेकी हुन् । उनले सोही स्कुलबाट कक्षा १२ को परीक्षा दिएर बसेकी हुन्। आफ्ना दिदीसँग धरान बसेकी उनी अब उच्च शिक्षा तथा एयर होस्टेजको तालिम लिन राजधानी जाने तयारीमा छिन् । ‘विजेता नै हुन्छु भन्ने चै लागेको थिएन, तर जित्नुपर्छ भन्ने आत्मविश्वास थियो,’उनले भनिन्,‘काठमाण्डौं गएर एयरहोस्टेज तालिम लिन्छु, र पढाईलाई पनि निरन्तरता दिन्छु।’ विजेता तुलाधरले नगद ४५ हजार, क्राउन र ट्रफी हात पारिन् । साथै, काठमाण्डौंस्थित लिटल एञ्जल्स कलेज अफ म्यानेजमेन्टमा ४ बर्षे ब्याचल अफ बिजनेश इन्फरमेशन सिस्टम बिषयमा छात्रवृत्ति, एउटा लाभा मोवाइल, ओपो गिफ्ट ह्याम्पर र बराह ज्वेलरी गिफ्ट ह्याम्पर पनि पाइन् ।

यसैगरी, स्पर्धामा डिपो आदर्श बहुमुखी क्याम्पसमा कक्षा १२ मा अध्ययनरत विलम राई फष्ट रनरअप भइन् भने एम्स एकेडेमीमा कक्षा १२ की छात्रा आरती बस्नेत सेकेण्ड रनरअप भइन् । विलमले नगद २५ हजार, क्राउन र डिपोमा ४ बर्षको ब्याचलर लेभलमा छात्रवृत्ति पाइन्। यस्तै, आरतीले नगद १५ हजार, क्राउन र मेघा कलेजमा ४ बर्षको ब्याचलर लेभलमा छात्रवृत्ति पाइन् । यो बाहेक दुवै विजेताले ओपो गिफ्ट र बराहको गिफ्ट ह्याम्पर पनि हात पारे । यसबाहेक, टाइटल अवार्डतर्फ सगरमाथा मिस फ्रेण्डसिप जानुका राई, धरान इञ्जिनियरीङ मिस डिसिप्लिन विलम राई, पिपल सप मिस ब्युटिफुल र प्रदिप विष्णु वेष्ट ड्रेस सिसम गुरुङ, सुलभ सहकारी मिस फोटोजेनिक ममता राई, सोताङ अग्र्यानिक मिस ट्यालेण्ट र एम्स मिस पर्सनालिटी आरती बस्नेत, नेशनल मिस वेष्ट वाक वसन्ती तामाङ र बुढासुब्बा डेन्टल मिस स्माइल मुनाल राईले हात पारिन्।

विजेताहरुलाई आयोजक बिग इभेन्ट नेपाल प्रालिका अध्यक्ष सन्तोष राई, प्रमुख अतिथि एवं निर्णायक राष्ट्रिय गानका रचनाकार ब्याकुल माइला, मुख्य निर्णाय कउषा खड्गी, धरान उपमहानगरकी उपप्रमुख मञ्जु भण्डारी सुवेदी, निर्णायक एवं नेपाल प्रहरीका डिआइजी ज्ञानबिक्रम शाह, बीपी अस्पतालका डेपुटि डाइरेक्टर डा.पप्पु रिजाल, मुख्य प्रायोजक धराने पानी एवं इजि राइडर बिजनेश प्रालिका अध्यक्ष लोक खापुङ, बिग इभेन्टका निर्देशक दोर्पध्वज राई, शिक्षासेवी खेमकला राईलगायतले पुरस्कार वितरण गरेका थिए।

फाइनलमा कुल २५ प्रतिस्पर्धी छात्राहरु थिए । उनीहरुको प्रस्तुतीको आधारमा निर्णायकहरुले टप ५ छनौट गरेका थिए । जसमा विजेता ३ छात्राबाहेक सुष्मा लिम्बू र मनिमा लिम्बू पनि परेका थिए । 

 

प्रकाशित: २७ भाद्र २०७४ १०:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App