७ वैशाख २०८१ शुक्रबार
राजनीति

नयाँ शक्ति विद्यार्थी युनियनको अध्यक्षमा गौतम निर्वाचित

काठमाडौं- नयाँ शक्ति विद्यार्थी युनियनको प्रथम अधिवेशनले श्यामबाबु गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। राजधानीमा सम्मपन्न  ३ दिन लामो अधिवेशनको उद्घाटन नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गरेका थिए।

नव निर्वाचित उपाध्यक्षहरुमा रुपनारायण श्रेष्ठ, सन्दीप अधिकारी, तारा शर्मा, गोविन्द कंडेल, सिताराम सुचारु, जनक साउद, जितेन्द्रसिंह महरा, राजेश आले, युवराज ढकाल, दिपक महतो र राजेन्द्र वली रहेका छन्। यस्तै संगठनको महासचिवमा नेत्र चापागाई निर्वाचित भए।

उप-महासचिवमा ईश्वर अधिकारी र टंक धमला, सचिवहरुमा सिवता पौडेल, बलबहादुर रम्तेल, रामदेव पण्डित, सुष्मा देवकोटा, विकल पौडेल र रामानन्द साह निर्वाचित भएक छन्। कोषाध्यक्षमा ओमनारायण महतो रहेका छन्।

प्रदेश नम्वर १ को सचिवमा किसान भगत, ४ मा रेशम सापकोटा, ५ मा भुवन पौडेल, ६ मा रामप्रसाद भण्डारीलाई महाधिवेशनले निर्वाचित गरेको छ।  

नयाँ शक्ति विद्यार्थी युनियनले विद्याललय, विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानहरुमा बढ्दै गएको राजनीतिक भगबण्डा र त्यसले निम्त्याएको अस्तव्यस्तताको विरुद्ध अभियान संचालन गर्ने भएको छ। सरकारको तलव खाएर पार्टीको झण्डा बोक्ने शिक्षक तथा प्रध्यापक र कर्मचारीको संगठन खारेज गर्न सरकारसँग माग गर्दै अभियान चलाउने निर्णय समेत गरेको छ।

स्वास्थ्य शिक्षामा बढ्दै गएको माफियाकरण र यसले निम्त्याएको समस्या समाधान गर्न युनियनले सरकारसँग माग गर्दै डा. गोविन्द केसीसँग भएका सहमति कार्यान्वयन गराउ दवाव सिर्जना गर्ने जनाएको छ।

प्रकाशित: २८ भाद्र २०७४ ०६:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App