coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

साल्ट ट्रेडिङद्वारा सुपथ मूल्यको पसल सञ्चालन

विराटनगर – दशैँ र तिहारमा सर्वसाधारणलाई राहत उपलब्ध गराउने उद्देश्यले साल्ट ट्रेडिङ लिमिटेडले सुपथ मूल्यको पसल सञ्चालनमा ल्याएको छ। 

चिनीमा प्रतिकिलो रु पाँच र नूनमा प्रतिकिलो रु दुई घटाएर ग्राहकलाई उपलब्ध गराउने सो कार्यालयका प्रमुख नवीनचन्द्र झाले जानकारी दिए। 

विराटनगरस्थित कार्यालयमा सञ्चालनमा ल्याएको उक्त सुपथ मूल्यको पसलबाट चिनी प्रतिकिलो ७७ रुपैयाँ ५० पैसा र नून प्रतिकिलो रु १८ मा बिक्री वितरण भइरहेको छ। बजारमा चिनीको मूल्य प्रतिकिलो रु ८२ तथा नूनको मूल्य रु २५ पर्छ। ग्राहकलाई बढीमा ६ किलोसम्म मात्र दिने गरिएको कार्यालयले जनाएको छ। 

भदौ १६ गते सञ्चालनमा आएको सो सुपथ पसलबाट बुधबार मध्याह्न सम्ममा रु १४ हजार ४१६ मूल्य बराबरको १८६ किलो चिनी र रु १० हजार ४५८ मूल्य बराबरको ५८१ किलो नून बिक्री भएको हो । उक्त सुपथ पसल कात्तिक ९ गतेसम्म सञ्चालनमा रहनेछ । रासस 

प्रकाशित: २८ भाद्र २०७४ १२:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App