आचारसंहिता लत्याउँदै ९ सचिव र १२ सहसचिव चीन भ्रमणमा

बिहिबार, २९ भदौ २०७४, ०७ : ५० नागरिक


काठमाडौं- निर्वाचन आचारसंहिता उल्लंघन गर्दै सरकारका ९ सचिव र १२ सहसचिव एकैपटक चीन भ्रमणमा निस्केका छन् । सचिव र सहसचिवको टोली १३ दिने भ्रमणका लागि सोमबार चीन गएको हो ।
ती सरकारी अधिकारी निर्वाचन आयोगको सहमति लिएर भ्रमणमा गएका हुन् । आयोगका आयुक्त सुधीरकुमार शाहको संयोजकत्वमा गठित निर्वाचन आचारसंहिता समितिले भ्रमणको सहमति दिएको हो ।
निर्वाचन आयोगले भदौ १५ देखि निर्वाचन आचारसंहिता लगाएर सरकारलाई सरुवा, बढुवा, भ्रमणलगायत कार्यक्रम स्वीकृत नगर्न आग्रह गरेको थियो । तर, आयोग आफंैले एकैपटकमा २१ जनालाई विदेश भ्रमणमा जान सहमति दिएको छ ।
सचिवहरू विष्णुप्रसाद लम्साल (राष्ट्रिय योजना आयोग), रामकुमार आचार्य (प्रधानमन्त्री कार्यालय), मणिराम वझा (सत्य निरूपण तथा मेलमिलाप आयोग), नृपध्वज निरौला (बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग), यामकुमारी खतिवडा (राष्ट्रिय सूचना आयोग), बद्रीप्रसाद गौतम (नायब महान्यायाधिवक्ताको कार्यालय), शम्भु कोइराला (क्षेत्रीय प्रशासक हेटौंडा), राजेश्वरमान सिंह (प्रशासन कार्यालय धनकुटा), कृष्णप्रसाद देवकोटा (भूमिसुधार तथा व्यवस्था मन्त्रालय) चीन भ्रमणमा गएका छन् ।
त्यसैगरी चीन भ्रमणमा गएका उच्च तहका कर्मचारीमा रामुप्रसाद डोटेल (उपमहानियन्त्रक महालेखा), सहसचिवहरू सुदर्शन ढकाल (शान्ति तथा पुनर्निर्माण मन्त्रालय), हरिप्रसाद जोशी (सहन्यायाधिवक्ता, अख्तियार दुरुपयोग अनुसन्धान आयोग), कर्णप्रसाद न्यौपाने (युवा तथा खेलकुद मन्त्रालय), कुलप्रसाद चुडाल (राष्ट्रपति कार्यालय), लीलादेवी गड्तौला (कानुन मन्त्रालय), ईश्वरराज पौडेल (गृह मन्त्रालय), रघुराम बिष्ट (सहरी तथा गरिबी निवारण मन्त्रालय), प्रकाश दाहाल, शिवराम न्यौपाने र सुप्रभा ढुंगेल (सामान्य प्रशासन मन्त्रालय), खगेन्द्रप्रसाद सुवेदी (मनोविज्ञानवेता, लोकसेवा आयोग) छन् ।
चीन सरकारको निमन्त्रणामा संघीय प्रान्तको अध्ययनका लागि कर्मचारीको टोली त्यसतर्फ गएको जानाकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता हरिप्रसाद पन्थीले दिए । ‘यो निर्वाचनको मुखमा बनाइएको कार्यक्रम होइन, पूर्वनिर्धारित कार्यक्रम हो’, उनले भने, ‘विशुद्ध भ्रमणमा गएका होइनन् । फर्केपछि अध्ययन प्रतिवेदन बुझाउनुपर्छ ।’ उनले ती सरकारी अधिकारी निर्वाचन आयोगको स्वीकृति लिएर भ्रमणमा गएको  स्पष्ट पारे ।






यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

‘मंगलम्’लाई पाँच अवार्ड

‘मंगलम्’लाई पाँच अवार्ड

डिजिटल मोडलमा बनेका फिल्मलाई प्रोत्साहित गर्न राजधानीमा बिहीबार आयोजना गरिएको १० औं संस्करणको ‘डि सिने अवार्ड २०७५’ फिल्म ‘मंगलम्’ले प्रतिस्पर्धामा...

प्रहरी र अपराधीबीचकोे ‘चक्कर’

प्रहरी र अपराधीबीचकोे ‘चक्कर’

अपराधको विषयबस्तु समेटेर तयार पारिएको फिल्म ‘चक्कर’को ट्रेलर र फस्टलुक सार्वजनिक भएको छ। राजधानीमा बिहीबार फिल्म युनिटले पत्रकारमाझ फस्टलुक र...

एकै स्टेजमा तीन विजेता

एकै स्टेजमा तीन विजेता

एउटै स्टेजमा एकसाथ तीन विजेता छानिने भएका छन्। ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टले आगामी असार १ गते राजधानीमा आयोजना गर्न लागेको ‘मिस...

भ्यान गगलाई सृष्टिको सम्मान

भ्यान गगलाई सृष्टिको सम्मान

नेदरल्यान्डमा जन्मिएका महान् चित्रकार भिन्सेन्ट भ्यान गगलाई समर्पण गर्दै फिल्म ‘रोमियो एन्ड मुना’ले गीत सार्वजनिक गरेको छ। फिल्मले भ्यान गगका...