८ वैशाख २०८१ शनिबार
समाज

अाेम अस्पतालको लापरवाही, शल्यक्रियापछि महिलाको मृत्यु

काठमाडौं- राजधानीको ओम अस्पतालमा तीन दिनअघि पिनासको शल्यक्रिया गरिएकी महिलाको मृत्यु भएको छ । बुटवल शंकरनगरकी ३७ वर्षीया अहेव कमला भट्टराईको शल्यक्रिया गरेको चौथो दिन मृत्यु भएको हो।

चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको भन्दै मृतकका आफन्तले बुधवार दिनभर अस्पताल हातमा प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले अस्पताल सामान्य तोडफोड गरेका छन् भने प्रदर्शनका कारण अस्पताल दिनभर तनावग्रस्त बन्यो । प्रदर्शनकाशनको क्रममा आठ जना घाइते भएका छन् । ती मध्ये एक जनालाई ढाड र खुट्टामा गम्भिर चोट लागेकोले ओम अस्पतालमै उपचारको लागि भर्ना गरिएको छ।

भट्टराई दम्पत्ति घुमघामका लागि बुधवार साँझ भैरहवाबाट हवाइजहाजमा काठमाडौं आएका थिए । आफैं स्वास्थ्यकर्मी कमलाको नाकमा पिनास भएको उतैका चिकित्सकले बताएका थिए । पिनासको समस्याले उनलाई बेला–बेलामा सताउँथ्यो ।

स्पतालको लापरवाहीको कारण बिरामीको मृत्यु भएको हुनाले शल्यक्रियाको भिडियो फुटेज दिनु पर्ने, अस्पतालले गल्ती स्वीकार गर्नुपर्ने, मृतकको परिवारलाई क्षतिपूर्ति दिनु पर्ने लगायतका माग आफन्तको छ । ‘ओम अस्पतालमा पटक–पटक यस्तो घटना दोहोरिएको हुनाले अरुले यस्तो भोग्न नपरोस् भन्नका लागि आन्दोलन जारी राख्छौं,’ मृतकका भतिज अर्जुनले भने।

भट्टराई दम्पत्ति घुमघामका लागि बुधवार साँझ भैरहवाबाट हवाइजहाजमा काठमाडौं आएका थिए । आफैं स्वास्थ्यकर्मी कमलाको नाकमा पिनास भएको उतैका चिकित्सकले बताएका थिए । पिनासको समस्याले उनलाई बेला–बेलामा सताउँथ्यो ।

आफन्तबीच बुधबार साँझ पिनासको कुरा चल्दा ओममा वरिष्ठ इएनटी डाक्टर आउने सुनाएपछि उनी बिहीबार साँझ ओम अस्पताल पुगेर इएनटी विशेषज्ञ डा. राजेन्द्र गुरागाइँलाई जचाइँन् । डा. गुरागाइँले नाकको हड्डी केही बाङ्गिएको र शल्यक्रिया गरेपछि पिनास निको हुने बताएपछि उनी शल्यक्रियाका लागि तयार भइन् ।

शनिबार शल्यक्रिया गर्न उनी शुक्रबार साँझ अस्पताल भर्ना भइन् । शल्यक्रियामा लैजानुअघि कमलाको स्वास्थ्य परीक्षण भएको थियो । आपूm स्वास्थ्यकर्मी भएकोले शल्यक्रियाका जोखिम हुने नहुनेबारे सबै छलफल कमला आफैंले गरेकी थिइन् । ‘शल्यक्रियामा लैजानु अघि चिकित्सकले सबै ठीक छ भनेका थिए, त्यो भन्दाअघि कुनै जोेखिमयुक्त रोग पनि थिएन,’ भतिज अर्जुनले भने । चिकित्सकले दुई दिन मात्र अस्पताल बस्नु पर्ने बताएका थिए ।

शल्यक्रियामा लैजाने क्रममा चिकित्सकले दुई घण्टा लाग्छ भनेका थिए तर एक घण्टामै शल्यक्रिया सफल भएको सूचना दिए । काटेको मासुको भाग पनि देखाएका थिए । शल्यक्रिया सकिएको एक घण्टापछि बिरामीलाई कालो चिया दिन भनियो । त्यसको आधा घण्टापछि सुप । तेस्रो पटक बेडमा पुग्दा बिरामीको नाकबाट रगत बगिरहेको थियो । त्यो रात त्यही वार्डमै राखे ।

अर्को दिन बिहान बिरामीको आफन्तबिना नै जनरल वार्डबाट क्याविनमा लगियो । त्यहाँ बिरामीलाई लगातार वान्ता भयो । ग्याष्ट्रिकले वान्ता भएको भन्दै जुस, दाल खान दिइयो । तर पनि वान्ता रोकिएन । कुरुवाले शल्यक्रिया गरेका चिकित्सकलाई बोलाउन माग गरिरहे । तर डा. गुरागाँई अस्पतालमा भेटिएनन् । उनी आइतबार साँझ ४ बजे मात्र अस्पताल आए।

अर्कोदिन राति बिरामीको पे्रसर घट्यो भन्दै सोमबार राति आइसियुमा लगियो । आइसियुमा लानासाथ औषधीको माग भयो । त्यही अनुसार बुझाए । आइसियुमा खटिएका चिकित्सकले हृदयघात हुन सक्ने भन्दै रगत पातलो पार्ने औषधी चलाए । मंगलबार बिहान मुटुका चिकित्सक आएर हार्टअट्याक नभई इन्फेक्सन भएको बताए । आइसियु ल्याउनुअघि पिसाब कम भएको थियो । मुटुको डाक्टरले मिर्गौला बिग्रेको भन्दै हेमोडाइलोसिसमा लैजान भने । त्यहीअनुसार हेमोडाइलोसिस भयो । हेमोडाइलोसिसपछि रगतमा सेतो रगत सेल कम भएको भन्दै रगत लिन पठाए र मंगलबार ४ पाउण्ड सेतो रगत सेल चढाइयो ।

तैपनि बिरामीको स्वास्थ्य सुधार भएन । बुधबार बिहान पनि सेतो रगत सेल माग गरियो । त्यसको लागि भतिज अर्जुन नै गए । तर रगत लिएर आइनपुग्दै कमलाको स्वास्थ्य गम्भीर भइसकेको थियो । केहीबेरमै चिकित्सकले बचाउन नसक्ने भन्दै ‘सरी’ भने। त्यसपछि अस्पताल पक्ष र आफन्तबीच वादविवाद चर्कियो । प्रहरी आएर छानविन समिति गठन गरी छलफल गर्ने भन्दै सबैलाई बाहिर पठाए । त्यसपछि दिनभरि जसो नै प्रदर्शन भइरह्यो ।

बिरामी पक्षले कमलालाई प्रयोग गरिएको रगत पातलो गर्ने औषधीले असर गरेको हुन सक्ने, शल्यक्रिया डा. राजेन्द्रले नभई अन्य चिकित्सकले गरेको आशंका गरेका छन् । बुधवारको वैठकमा अस्पताल पक्षले शल्यक्रिया पछिको संक्रमणको कारण मृत्यु भएको जवाफ दिएका छन् । अस्पतालको जवाफ चित्त बुझ्दो नभएको मृतक पक्षको भनाइ छ।

यस सम्बन्धमा अस्पतालका निर्देशक जागेश्वर गौतमले तत्काल केही बताएनन्, पछि सम्पर्क गर्ने बताए । त्यस्तै शल्यक्रिया गर्ने डा. गुरागाइँले पनि यसबारेमा केही बोल्न चाहेनन् । मिटिङमा छु भन्दै फोन काटिरहे। बिहीबार साँझ अस्पताल प्रशासन, स्वास्थ्य मन्त्रालय र बिरामीका आफन्तबीच बसेको छलफल बिनानिष्कर्ष टुगिंएको छ । मृतक कमलाको एक छोरा र सानो छोरी छन्।

प्रकाशित: २९ भाद्र २०७४ ०४:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App