८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

राष्ट्रसंघको बैठकमा नेतृ सुकी नजाने

 म्यानमार – म्यानमारकी  नेतृ  आङ साङ सुकीले आगामी साता अमेरिकाको न्यूयोर्कका हुने राष्ट्रसंघको सम्मेलनमा नजाने घोषणा गरेकी छिन्। 

म्यानमारको रखाइन प्रान्तमा रहेका अल्पसंख्यक रोहिज्या मुसलमानहरू प्रति म्यानमार सरकारले अन्याय गरेको भन्दै  विश्वभर नै उनको आलोचना भइरहेको छ । उनले सम्मेलनमा नजाने घोषणा गरेको जानकारी उनका प्रवक्ताले दिएका हुन् । सुकीले देशमा भइरहेको भयानक हिंसात्मक विद्रोहको अवस्थामा समेत  देशलाई सही निकास दिन नसकेकामा उनको आलोचना विश्वभरै भइरहेको छ। 

नोवेल शान्ति पुरस्कार विजेता समेत रहेकी  उनलाई दिइएको उक्त  पुरस्कार समेत फिर्ता गराइनुपर्ने धारणा समेत कतिपय आलोचकहरूले गरेका छन्। 

राष्ट्रसंघले  रखाइन प्रान्तमा पछिल्लो समयमा भएको हिंसात्मक  विद्रोहमा म्यानमार सरकार जिम्मेवार रहेको बताउँदै आएतापनि म्यानमार सरकारले भने उक्त विद्रोहको जिम्मेवारी रोहिज्या समुदायले नै लिनुपर्ने बताएको छ। 

राष्ट्रसंघको आगामी बस्ने बैठकमा म्यानमारका रोहिज्या समुदायबारे छलफल हुने छ । लामो समयदेखि नै म्यानमारको रखाइन प्रान्तमा बसोबास गर्दै आइरहेका अल्पसंख्यक मुसलमान समुदायहरूलाई आप्रवासी भन्दै म्यानमार सरकारले नागरिकता प्रदान गरेको छैन। 

प्रकाशित: २९ भाद्र २०७४ ०९:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App