coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

एक मतले 'पराजित' एमाले उम्मेदवार दोस्रो पटक गणना गर्दा ११ मतले विजयी

वीरगन्जका मुख्य निर्वाचन अधिकृत बिष्णु पराजुली (रातो घेरामा)

वीरगन्ज- पर्साका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेल र प्रहरी उपरीक्षक सुदिप गिरीले बिहीबार बिहान प्रमुख निर्वाचन अधिकृत बिष्णु सुवेदीलाई भेटेर निष्पक्ष मतगणनाका लागि आग्रह गरेका छन्। बुधवार साँझ वीरगन्ज वडा नम्बर ३० निर्वाचन अधिकृतले काँग्रेस उम्मेदवार अलि हुसेन देवानलाई १ मतले विजय घोषणा गरिदिएका थिए।

एमाले साँसदद्वय बिचारी यादव र राजकुमार गुप्ताले त्यहाँ निर्वाचन अधिकृतले गडबड गरेको भन्दै चर्को विरोध गरे। त्यसपछि पुनःमतणना भयो। दोस्रो पटक मतगणना गर्दा वडा नम्बर ३० मा पहिले १ मतले पराजित भएकाी एमालेका अमानत मिया विजयी भए। उनले ४६६ मत प्राप्त गरे। मियाले आफ्ना निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवानभन्दा ११ मत बढी ल्याएर विजयी भए। यो घटनाले वीरगन्जको मगणनाको निष्पक्षतामाथि गम्भीर प्रश्न उब्जिएको छ।

निर्वाचन कर्मचारीबाट ४५ वटा मतपत्र लुकाएर काँग्रेस उम्मेदवारलाई १ मतले विजयी घोषणा गरिएको अारोप एमाले एवं संघीय समाजवादी फोरमका बुथ प्रतिनिधिको छ।

प्रमुख निर्वाचन अधिकृतको कार्यालयले नै मतपत्रमा गोलमाल गरेको पाइएपछि दल र उम्मेदवारहरुले मतगणनाको निष्पक्षतालाई लिएर चिन्ता व्यक्त गरेका छन्। मत गणना गरेको लामो समयसम्म पनि नतिजा सार्वजनिक नगरेको भन्दै संघीय समाजवादी फोरम नेपालका कार्यकर्ताले मतगणनास्थल अगाडि बिरोध जनाएका छन्।

प्रमुख निर्वाचन अधिकृतको कार्यालयले नै मतपत्रमा गोलमाल गरेको पाइएपछि दल र उम्मेदवारहरुले मतगणनाको निष्पक्षतालाई लिएर चिन्ता व्यक्त गरेका छन्। मत गणना गरेको लामो समयसम्म पनि नतिजा सार्वजनिक नगरेको भन्दै संघीय समाजवादी फोरम नेपालका कार्यकर्ताले मतगणनास्थल अगाडि बिरोध जनाएका छन्।

‘करिब ६ हजार मतपत्र गणना भए उनले नतिजा सार्वजनिक नगरेको सूचना आएको छ, हामी बुझदैछौं, के रहेछ,’ फोरमका पर्सा अध्यक्ष प्रदीप यादवले नागरिकन्युजसँग भने। यसअघि मनोनयन दर्ताकै समयमा काँग्रेसका दलित महिला वडा सदस्य निविरोध निर्वाचित गराउन पराजुलीले ३ वटा वडामा फोरम नेपालका दलित महिला उम्मेदवारको उम्मेदवारी दर्ता गर्न नमानेको विषय अदालतसम्म पुगेको थियो।

वीरगन्ज महानगरपालिका वडा नम्बर २१ कि सुरसती देवी, वडा नम्बर २२ कि सुनिता देवी र वडा नम्बर २८ कि कैलशिया देवी जनकपुर उच्च अदालतको वीरगन्ज इजलासले आदेश गरेपछि पनि पराजुलीले एक दिन ती दलित महिलाका उम्मेदवारी रोकेका थिए।

अन्तमा निर्वाचन आयोगका आयुक्तहरुले चासो जनाएपछि मात्र मौन अवधि सुरु हुनुभन्दा एक दिन अगाडि महिला उम्मेदवारको मनोनयन दर्ता भएको थियो।
वीरगन्ज महानगरपालिकाको मतगणना चलिरहँदा पनि पराजुलीसहितका उनको कार्यालयका कर्मचारीहरुको भूमिका उस्तै देखिएपछि जिल्ला प्रसाशन कार्यालयमा गुनासोहरु पुग्न थालेका छन्।

‘आज बिहानै गएर म र एसपी साहेबले श्रीमान प्रमुख निर्वाचन अधिकृतज्युलाई निश्पक्ष भएर काम सम्पादन गर्न आग्रह गरेका छौं,’ पर्साका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलले नागरिकन्युजसँग भने, ‘यसअघि स्थानीय निर्वाचन स्थानीय प्रसाशनले र संसदीय निर्वाचन अदालतका न्याधीश ज्युहरुले गराउने ब्यवस्था रहेकोमा यस पटक स्थानीय निर्वाचन पनि अदालतका न्याधीशहरुलाई जिम्मा दिएपछि हाम्रो शान्ति सुरक्षा मात्र मुख्य दायित्व हुन गएको छ। हामीले दिने सुझाव दिएका छौं।’

यता प्रमुख निर्वाचन अधिकृत पराजुलीले आफूहरुले निर्वाचनसम्बन्धी नियम कानूनको पालना गर्दै एकदम निष्पक्ष काम गरिरहेको प्रतिक्रिया दिए ।

प्रकाशित: ५ आश्विन २०७४ १०:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App