८ वैशाख २०८१ शनिबार
कला

‘मिस युनिभर्स’मा नग्मा

काठमाडौं- अमेरिकाको लसभेगासमा आगामी २६ नोभेम्बरमा आयोजना हुन लागेको ६६ औं संस्करणको ‘मिस युनिभर्स’मा नेपालबाट नग्मा श्रेष्ठले सहभागिता जनाउने भएकी छन् । सन् २०१२को ‘मिस नेपाल अर्थ’ नग्माको सहभागितासँगै नेपालले यो प्रतियोगितामा पहिलो पटक आफ्नो उपस्थिति जनाउँदैछ ।
‘मिस नेपाल’ आयोजक द हिडन ट्रेजरको २२ औं तथा ‘मिस नेपाल’को २३ औं वार्षिकोत्सवको अवसर पारी शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा ट्रेजरका अध्यक्ष गोपाल सुन्दर लाल कक्षपतिले नग्माको शिरमा ताज पहि¥याउँदै उनले पहिलो ‘मिस नेपाल युनिभर्स’ पदवी पाएको घोषणा गरियो ।
ट्रेजरले ‘मिस नेपाल २०१७’को समापनसँगै ‘मिस युनिभर्स’को विशेष अधिकार प्राप्त भए अनुरmप नग्मालाई ‘मिस युनिभर्स’मा नेपालको तर्फबाट सहभागीको रmपमा पठाउने निर्णय गरेको थियो । ‘सौन्दर्य प्रतियोगिता सम्बन्धी प्रशस्त अनुभव बटुलेकी नग्मा नेपालबाट ‘मिस युनिभर्स २०१७’  मा भाग लिन पठाउन सँुहाउदो र योग्य उम्मेदवार हुन्,’ट्रेजरद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘मिस नेपाल प्रतियोगिता २०१२ सहभागी पछि उनको आत्माविश्वास र आस्था अभूतपूर्व रmपमा अभिवृद्घि भएको देखिन्छ । चीनमा सन् २०१६ मा भएको ‘मिस युनिर्भसिटी २०१६ प्रतियोगिता’मा तेश्रो भएकोमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरmले उनको व्यक्तित्व उचाईसम्म पु¥याउने कार्य गरेको देखिन्छ ।’
इजिप्टमा सम्पन्न ‘मिस इको युनिभर्स २०१६’मा ‘बेष्ट टुरिजम भिडियो’का उनी विजेतासमेत बनेकी थिइन् । नग्माले प्रतियोगितामा नेपाललाई प्रतिनिधित्व गर्दै पहिलो पटक जान पाउदा खुशी लागेको छ । म आफै पनि मिस नेपाल अर्थ भईसकेपछि विभिन्न ब्युटी प्याजेन्टमा सहभागी भएको हिसाबले पनि केहि अनुभव छ । अब केहि समय प्रशिक्षण पनि लिनेछु,’उनले भनिन्,‘ मलाई दिइएको जिम्मेवारीलाई पुरा गर्न कहिँ कतै कसर बाकी राख्ने छैन । हामीले नेपालबाटै ‘मिस युनिभर्स’मा सहभागी हुन पाउनु खुशीको कुरा हो ।’

 

प्रकाशित: ८ आश्विन २०७४ ०५:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App