६ वैशाख २०८१ बिहीबार
समाज

सप्तरीमा मोटरसाइकलको ठक्करबाट एककाे मृत्यु

राजविराज –  पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका– ५ मा मोटरसाइकलको ठक्करबाट आज एक पैदलयात्रीको मृत्यु भएको छ। 

मृत्यु हुनेमा सोही ठाउँका ६० वर्षीया आशादेवी साह रहेको इलाका प्हरी कार्यालय कल्याणपुरले जनाएको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे ८ प ४४१० नंको मोटरसाइकलले उनलाई बाटो काट्ने क्रममा ठक्कर दिँदा गम्भीर घाइते उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल लैजाने क्रममा बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रकाशित: ८ आश्विन २०७४ ०७:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App