१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

बारम्बार भित्रिन्छन् मरेका खसीबोका

अनुगमनका क्रममा भेटिएका मरेका खसीबोका । तस्बिर सौजन्य : जितबहादुर ज्ञवाली

– पशुपन्छी विकासमन्त्री सन्तकुमार थारुको नेतृत्वमा गत बिहीबार नागढुंगामा गरिएको अनुगमनका क्रममा एउटै बसबाट २८ वटा मरेका खसीबोका फेला परे । नेपालगन्ज–काठमाडौं चल्ने ना.५ख १६८३ नम्बरको यात्रुवाहक बसको डिकीमा राखेर मरेका खसीबोका उपत्यका भिœयाइँदै थियो ।

नागढुंगामा गरिएको अनुगमनबाट पनि साना परिणाममा मरेका खसी–बोका बारम्बार भेटिने गरेका छन् । साउन र भदौमा मात्र विभिन्न बसबाट उपत्यका भिœयाइँदै गरेका मरेका २१ वटा खसीबोका फेला परेका थिए । नागढुंगा चेकपोस्टका पशु क्वारेन्टाइन कार्यालय र प्रहरी प्रभाग थानकोटको संयुक्त अनुगमनका क्रममा यी खसीबोका भेटिएका हुन्  ।

– गत असार ११ गते पशुपन्छी मन्त्रालयका सचिव युवकध्वज जिसीको नेतृत्वमा नागढुंगा पुगेको अनुगमन टोलीले १८ वटा मरेका खसीबोका फेला पारेको थियो । राति १० बजेको अनुगमनमा सर्लाही–काठमाडौं चल्ने ना.५ख २७७० नम्बरको यात्रुवाहक बसको डिकीमा पनि काठमाडौं ल्याइएका मरेका खसीबोका भेटिएको थियो ।
– गत जेठ २२ गते महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको ना.६ख ८४५३ नम्बरको यात्रुवाहक बसको डिकीमा नौवटा मरेका खसी भेटिएका थिए । मरेका खसी महेन्द्रनगरकै डम्बर भण्डारीले उपत्यकामा बिक्री गर्ने उद्देश्यले ल्याएका थिए ।
उपत्यकामा मासु बिक्री गर्न मरेका खसीबोका भिœयाइएका केही प्रतिनिधि घटना मात्र हुन् यी । छड्के अनुगमनका क्रममा भेटिएको यो परिमाणले उपत्यकामा मरेका खसीबोकाको मासु बिक्री भइरहेको देखाउँछ ।
‘मरेका खसीबोका दैनिकजसो भित्रिरहेका हुन्छन्,’ उपभोक्ता हित संरक्षण मञ्च अध्यक्ष ज्योति बानियाँ भन्छन्, ‘सरकारले मौसमी अनुगमन मात्रै गरिरहेको छ ।’ दैनिक अनुगमन नहुँदा उपत्यकामा मरेका खसीबोका भित्रिने क्रम नरोकिएको उनको दाबी छ ।
सरकारले कहिलेकाहीँ गर्ने छड्के अनुगमन पनि नागढुंगामा मात्र सीमित हुने गरेको छ । भक्तपुरको साँगा, बल्खुलगायत नाकामा भने अनुगमन हुने गरेको छैन । अनुगमन नहुँदा ती क्षेत्रबाट खुलेआम मरेका खसीबोका भित्रिरहेको सरकारी कर्मचारी नै स्विकार्छन् ।
सरकारी कर्मचारीका अनुसार नागढुंगामा कहिलेकाहीँ हुने अनुगमनमा परिएला भनेर मरेका खसीबोका भिœयाउनेले बल्खु, साँगालगायत नाका प्रयोग गर्न थालेका छन् ।
नागढुंगामा गरिएको अनुगमनबाट पनि साना परिमाणमा मरेका खसीबोका बारम्बार भेटिने गरेका छन् । साउन र भदौमा मात्र विभिन्न बसबाट उपत्यका भिœयाइँदै गरेका मरेका २१ खसीबोका फेला परेका थिए । नागढुंगा चेकपोस्टका पशु क्वारेन्टाइन कार्यालय र प्रहरी प्रभाग थानकोटको संयुक्त अनुगमनमा यी खसीबोका भेटिएका हुन्  ।
‘वैशाखयता झन्डै एक सय मरेका खसीबोका फेला पारिसक्यौँ,’ अनुगमनमा संलग्न अनुसन्धान अधिकृत जितबहादुर ज्ञवालीले भने, ‘ठूलो परिमाणमा बेलाबेला भेटिए पनि सानो परिमाणमा भने बारम्बार भेटिने गरेका छन् ।’
उनका अनुसार खसीबोका मात्र नभएर मरेका कुखुरा, राँगा, बंगुरलगायत पशुपन्छी उपत्यका भिœयाउने प्रयास भएको पाइएको छ ।
खसीबोका बसको डिकीमा राखेर ल्याउँदा असन्तुलित तापक्रम र अक्सिजन कमीले मरेको हुन सक्ने अनुमान गरिएको छ । अनुगमनमा खटिएका अधिकृत ज्ञवालीका अनुसार ल्याउँदाल्याउँदै बाटोमा मरे पनि जबर्जस्ती उपत्यकामा भिœयाउन खोजिन्छ । उपत्यकामा भिœयाएपछि भने मरेका खसीबोका मासुका लागि प्रयोग हुन्छन् ।
उपभोक्ता अधिकारकर्मी बानियाँका अनुसार मरेका खसीबोकाको मासु पार्टी प्यालेसमा बढी प्रयोग हुने गरेको छ । ‘मरेका खसीबोका र प्यार्टी प्यालेसवालाको जालो हुन्छ,’ उनले भने, ‘त्यही जालोका माध्यमबाट खसीबोका भित्रिने गर्छन् ।’
उनी पार्टी प्यालेसले मरेका खसीबोकाको मासुबाट आउने गन्ध कम गराउन मासुमा टिम्बुरको बढी प्रयोग गर्ने गरेको दाबी गर्छन् । अनुगमनमा खटिएका अधिकृत ज्ञवाली भने धेरै कडाइ गर्दा पनि मरेका खसीबोका उपत्यका भित्रिने क्रम नरोकिएको बताउँछन् । ‘हामीले कडा अनुमगन गरे पनि मरेका पशुपन्छी उपत्यकामा भिœयाउने क्रम रोकिएको छैन,’ उनले भने, ‘यसको कारण भने कडा कानुन नहुनु हो ।’
पशु स्वास्थ्य ऐनले मरेका पशुपन्छी भिœयाए बढीमा पाँच हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था गरेको छ । सोही व्यवस्थाअनुसार मरेका खसीबोका भिœयाउने व्यक्ति पाँच हजार जरिवाना तिरेर सजिलै छुट्न पाउने हुँदा मरेका पशुपन्छी मासुका लागि भिœयाउने प्रयास गरिरहने ज्ञवालीको अनुमान छ ।
‘कानुनमा पाँच हजारसम्म जरिवाना गर्ने र मृत पशुपन्छी नष्ट गर्ने व्यवस्था छ,’ उनले भने, ‘एकपटक कारबाहीमा पर्दा बढीमा पाँच हजार तिरे उम्कन पाइन्छ, त्यसैले व्यापारी मरेका पशुपन्छी भिœयाउन सक्रिय छन् ।’
कन्जुमर आई नेपालकी अध्यक्ष विमला खनाल भने क्वारेन्टाइनले राम्रोसँग अनुगमन नगर्दा उपत्यकामा मरेका पशुपन्छी मासुका लागि भित्रिरहेको आरोप लगाउँछिन् । ‘उपत्यका भित्रिने प्रमुख नाका नागढुंगाको क्वारेन्टाइनले राम्रोसँग अनुगमन गर्न सकिरहेको छैन,’ खनालले भनिन्, ‘उपत्यकामा दैनिक मरेका पशुपन्छीको मासु बिक्री भइरहेको छ ।’
चौपाया खरिद–बिक्री सेवा संघका अनुसार दैनिक २० ट्रक खसीबोका राजधानी भित्रिरहेका छन् । ‘दैनिक करिब पाँच हजार खसी–बोका आइरहेका छन्,’ संघ अध्यक्ष गोविन्द पाठकले भने, ‘यो क्रम दसैँसम्म जारी रहन्छ ।’
थानकोट प्रहरीका अनुसार चाडपर्वका अलाबा नागढुंगा नाका भएर दैनिक ३२ गाडी कुखुरा, ३० गाडी राँगाभैँसी र १७ गाडी खसीबोका भित्रिने गरेका छन् । उपत्यका भित्रिने चौपाया बोकेका सबै गाडीमा भने जाँच गर्न सकिएको छैन ।
ज्ञवाली नेतृत्वको क्वारेन्टाइनले दुई कर्मचारी खटाएको छ । जनशक्ति कमीले अनुगमन प्रभावकारी हुन नसकेको ज्ञवालीले स्विकारे । ‘नागढुंगामा हामीले सक्दो कडाइ गरेका छौँ,’ उनले भने, ‘तर, विभिन्न तरिकाबाट मरेका पशुपन्छी उपत्यकामा प्रवेश गराउने कार्य भइरहेको छ ।’
दसैँ लागेसँगै पशुपन्छी मन्त्रालयले नागढुंगामा उप–सचिवसहित दुईको टोली थपेको छ । हाल नागढुंगा, गोगंबु, फर्पिङ, साँगा, बल्खुलगायत नाकामा अनुगमन भइरहेको मन्त्रालयले जनाएको छ । पशुपन्छी भिœयाउँदा पशु स्वास्थ्य परीक्षण प्रतिवेदन अनिवार्य गरिएको मन्त्रालयको दाबी छ ।

प्रकाशित: ९ आश्विन २०७४ ०५:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App