७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

अफगानिस्तानमा चौध जना तालिबान मारिए

कुन्दुज – अफगानिास्तानको उत्तरी प्रान्त कुन्दुज र छिमेकमा पर्ने प्रान्त बादख्शानमा अफगान प्रहरीले गरेको तालिबान विरुद्धको कारबाहीको क्रममा कम्तीमा १४ जना तालिलबान आतंककारी मारिएका छन्। 

अफगान सैनिक अधिकारीले बिहीबार दिएको जानकारीअनुसार सो कुन्दुज प्रान्तमा आठ र बादख्शान प्रान्तमा छ जना आतंककारीको मृत्यु भएको छ। 

यस कारबाहीको तालिबान आतंककारी समूहले भने अहिलेसम्म कुनै टिप्पणी गरेको छैन। 

अफगान सरकारी सुरक्षा बलले गरेको कारबाहीमा केही दिन अघि पनि दर्जनौँ आतंककारी मारिएका बताइएको थियो। 

पछिल्लो समयमा अफगानिस्तानमा तालिवान र आइएस लडाकूहरुले हिंसात्मक क्रियाकलाप जारी राखेका छन्। 

सोही कारण अफगान सेना र प्रहरीले पनि तालिबान र आइएसका विरुद्धमा आक्रामक कारबाही जारी राखेको बताइएको छ। 

प्रकाशित: १९ आश्विन २०७४ १०:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App