coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

तीन स्रष्टालाई पद्यमश्री सम्मान

काठमाडौं- पद्यमश्री साहित्य पुरस्कार २०७३ कवि नवराज पराजुलीको कविता संग्रह सगरमाथाको गहिराइलाई प्रदान गरिएको छ । खेमलाल हरिकला लामिछाने समाजकल्याण प्रतिष्ठानद्वारा प्रदान गरिँदै आएको सो पुरस्कारको पछिल्लो संस्करण कविता संग्रहलाई प्रदान गरिएको हो । दुई लाख रुपैयाँ नगद राशी तथा कदरपत्रसहित संग्रहका कवि नवराज पराजुलीलाई संस्थाका अध्यक्ष जीवा लामिछाने र उनकी आमा हरिकला लामिछानेले बिहीबार एक समारोहबीच संयुक्त रुपमा प्रदान गरेका हुन् । नेपाली साहित्यमा वर्षभरी प्रकाशित उत्कृष्ट कृतिलाई प्रदान गरिँदै आएको सो पुरस्कार पाउने पराजुली पहिलो कवि हुन् । यसअघि गणेश रसिकको संस्मरण, भानुभक्त पोखरेलको महाकाव्य, अमर न्यौपानेको आख्यान, झमक घिमिरे र खगेन्द्र संग्रौलाको निबन्ध, कृष्ण बराल, धु्रव सापकोटा, शारदा शर्माको उपन्यास, मनु ब्राजाकी र उपेन्द्र सुब्बाको कथा, रविन्द्र समिरको लघुकथा तथा मोहन मैनालीको नियात्रा संग्रहलाई यो पुरस्कार प्रदान गरिएको थियो ।

राजधानीमा आयोजित कार्यक्रममा पद्यमश्री साधना सम्मानबाट साहित्यकार तथा पत्रकार नगेन्द्रराज शर्मा र रोचक घिमिरेलाई संयुक्त रूपमा प्रदान गरिएको थियो । सो सम्मानको राशी दुई लाख नगद तथा सम्मानपत्र रहेको थियो । दुवैजनालाई जनही एक लाख र सम्मानपत्र प्रदान गरिएको थियो ।
२०६७ देखि प्रदान गर्न थालिएको सम्मान यसअघि राष्ट्रकवि माधप्रसाद घिमिरे, वरिष्ठ आख्यानकार मदनमणि दीक्षित, संस्कृतीविद् सत्यमोहन जोशी, साहित्यकार धु्रवचन्द्र गौतम, कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, साहितयकार वैरागी काँइलालाई प्रदान गरिएको थियो ।
आपूm जन्मेको चितवनको गाउँ पदमपुरका नाममा आफ्ना मातापिताको सम्झनामा स्थापित संस्थाद्वारा साहित्यक्षेत्रमा योगदान दिएकालाई सम्झेर पुरस्कृत गर्नु लामिछानेको जन्मथलोप्रतिको सद्भाव रहेको संस्थाका सदस्य सचिव रविन्द्र समिरले बताए । संस्थाका अध्यक्ष जीवा लामिछानेले कविताको क्षेत्र सेलाउँदै गएका बेला लाखौंले कविता सुन्न सकिने व्यवस्था मिलाउँदै रोमहर्षक कविता लेख्ने कविको संग्रहलाई पुरस्कृत गरिएको उल्लेख गरे । कवि पराजुली सरल भाषालाई मनभित्रैबाट बोलेर उत्कृष्ट वाचनशैली अपनाउन सक्ने कवि रहेको उनले बताए । यसवर्षदेखि संस्थाले उत्कृष्ट कृतीहरूको सूची पनि निकाल्न थालेको जानकारी दिँदै आगामी वर्षदेखि उत्कृष्ट दशसूची निकाल्ने लामिछानेले बताए । यस वर्ष भने पाँच उत्कृष्ट पुस्तकको सूची सार्वजनिक गरिएको उनले जनाए ।
पुरस्कार प्राप्त गरेपछि साहित्यकार नगेन्द्रराज शर्माले उतिबेला साहित्य सृजना सहज भए पनि समाचार लेख्नु र छाप्नु निकै कठिन कार्य रहेको सुनाए । निरन्तर काम गरिरहँदा र सम्मानित हुन पाउँदा योगदानको कदर भएको उनले बताए ।
कवि नवराज पराजुलीले कविता संग्रह एउटी आमाको छोरीजस्तै भएको उल्लेख गरे । छोरीका राम्रा नराम्रा कुरा कसैले मन पराउने कसैले मन नपराउनेसँग कविता संग्रहलाई तुलना गर्दै उनले संस्थाले मन पराइदिएको बताए । आपूmले पाएको पुरस्कार युट्युबमा सुन्ने लाखौं स्रोताको देन भएको उनले दाबी गरे । उनको सगरमाथाको गहिराइमा ३६ वटा कविता छन् । कार्यक्रममा उनले वृद्धवृद्धाको कथा बोल्ने रुख कविता वाचन गरेका थिए ।

प्रकाशित: २० आश्विन २०७४ ०४:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App