६ वैशाख २०८१ बिहीबार
समाज

दुई लाख ज्येष्ठ नागरिकलाई परिपचपत्र वितरण

काठमाडौँ – सरकारले विगत दुई वर्षमा दुई लाख ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गरेको छ। 

विसं २०६८ को जनगणनाअनुसार ज्येष्ठ नागरिकको जनसंख्या करिब २२ लाख रहेको छ। महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय, ज्येष्ठ नागरिक संरक्षण महाशाखाका अनुसार प्रत्येक जिल्लामा रहेको महिला तथा बालबालिका कार्यालयबाट ६० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई विगत दुई वर्षदेखि परिचयपत्र वितरण गरिँदै आइएको छ। 

सबैभन्दा बढी करिब ७० हजार परिचयपत्र उपत्यकाबाट वितरण गरिएको शाखा प्रमुख मीरा शेरचनले जानकारी दिए। परिचयपत्रका आधारमा ज्येष्ठ नागरिकले यातायात सेवा र अस्पतालमा ५० प्रतिशत छुट पाउने व्यवस्था छ। 

अस्पताल र यातायात सेवामा ५० प्रतिशत छुटको व्यवस्थालाई पूर्णरुपमा कार्यान्वयन गर्नुपर्नेलगायतका माग राख्दै ज्येष्ठ नागरिकले विगत लामो समयदेखि नयाँ बानेश्वरस्थित संविधानसभा भवन नजिकै धर्ना दिँदै आएका छन्। 

“खासगरी ग्रामीण क्षेत्रका ज्येष्ठ नागरिकलाई परिचयपत्र पाउँदा के फाइदा हुन्छ भन्ने जानकारी नभएका कारण पनि त्यस क्षेत्रका ज्येष्ठ नागरिक कमै मात्रामा परिचपपत्र बनाउन आएको देखियो” – प्रमुख शेरचनले भने । महिला, बालबालिका कार्यालयले वितरण गर्दै आएको सो परिचयपत्र अबदेखि स्थानीय निकायबाट वितरण गरिने भएको छ। 

पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको पालामा २०५१ सालमा प्रतिमहिना रु १०० बाट शुरु गरिएको र अहिले रु दुई हजार पु¥याइएको वृद्धभत्ता ७० वर्ष पुगेका ज्येष्ठ नागरिकले पाइरहेका छन्। 

सो वृद्धाभत्ता कानूनअनुसार ६० वर्ष पुगेका ज्येष्ठ नागरिकले पाउनुपर्ने ज्येष्ठ नागरिकको भनाइ छ। सरकारले कोही आफन्त नभएका वृद्धवृद्धाको हेरचाहका लागि सञ्चालन गरेको पशुपति वृद्धाश्रममा १९० जना वृद्धवृद्धा रहेका छन्। देशैभरि करिब ८८ वटा वृद्धाश्रम सञ्चालनमा छन्। 

प्रकाशित: २० आश्विन २०७४ ०९:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App