६ वैशाख २०८१ बिहीबार
प्रवास

कुल आचार्यद्वारा उपाध्यक्षमा उम्मेदवारी घोषणा

गैरअावासीय नेपाली संघका उपाध्यक्ष उम्मेदवार कुल अाचार्य

काठमाडौं—गैर आवासीय नेपाली संघको अक्टोबर १४ देखि १७ सम्म हुने अन्तर्राष्ट्रिय महाधिवेशनमा युरोप क्षेत्र संयोजक कुल आचार्यले उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। उम्मेदवारी घोषण गर्दै उनले सात बुँदे प्रतिबद्धता पत्रसमेत सार्वजनिक गरेका छन्।

प्रतिबद्धता पत्रमा प्रवासी नेपालीले भोग्नु परेका आप्रवासन, भिषा, राहदानी समस्यादेखि लगानीसम्मलाई समेटिएको छ। वैदेशिक रोजागर, कल्याणकारी तथा मानवीय सहयोग, क्षमता, सीप र पूँजी नेपालमा लगानी वातावरण निर्माण गर्ने उनले प्रतिबद्धता जनाएका छन्।

वेलायत आधारित व्यवसायी आचार्यको लगानी त्यहाँ होटल तथा रेष्टुराँ केन्द्रित छ। युरोपका अन्य देशहरूमा समेत उनको लगानी होटल क्षेत्रमा रहेको छ। नेपालमा भने बैंकिङ, हाइड्रो, बिमा कम्पनीलगायतमा उनको लगानी रहेको छ। 

वेलायत आधारित व्यवसायी आचार्यको लगानी त्यहाँ होटल तथा रेष्टुराँ केन्द्रित छ। युरोपका अन्य देशहरूमा समेत उनको लगानी होटल क्षेत्रमा रहेको छ। नेपालमा भने बैंकिङ, हाइड्रो, बिमा कम्पनीलगायतमा उनको लगानी रहेको छ। 

सन् २००६ एनआरएन युके कार्यसमिति रहेका आचार्य सन् २००९ मा युके एनसीसीकै उपाध्यक्ष तथा कल्याणकारी समिति संयोजकको भूमिकामा काम गरेका थिए। सन् २०११ मा एनआरएन युके अध्यक्षको भूमिकामा रहे। सन् २०१३ मा आइसीसी सदस्य रहँदा उनले मानवीय सहयोग टास्कफोसको सहसंयोजकको भूमिकासमेत निर्वाह गरेका थिए। सन् २०१५ मा एनआरएन युरोप क्षेत्रीय संयोजकको जिम्मेवारीमा रहेको अनुभव आचार्यसँग छ। युरोप क्षेत्रीय संयोजकको कार्यकालमा युरोपमा एनआरएन विस्तार अभियानले गति पाएको थियो। नेपालमा भूकम्पपछिको राहात, पुनःनिर्माण एवं आफ्नै भवन निर्माणका लागि आचार्यले सधैँ महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। 

आइसीसीको लगानी तथा व्यापार प्रवद्र्धन टास्कफोर्स संयोजक समेत रहेका उनले युरोपका गैरआवासीय नेपालीको व्यक्तिगत एवं सामुहिक लगानी नेपाल भित्र्याउन विशेष भूमिका निर्वाह गरेका छन्। यसैगरी नेपालमा उत्पादित वस्तुलाई युरोपको बजारमा पुर्याउन उनले यो अवधिमा निर्वाह गरेको भूमिका विशेष उल्लेखनीय रहेको छ।

स्पेनमा नेपाली दूतावास स्थापनाका लागि आचार्यले नेपाल सरकार तथा राजनीतिक दलहरुसँग पहल गरेको उल्लेख गर्दै उनले वेलायतस्थित भूपू गोर्खाका समस्या समाधानका लागि आफ्नो योगदान स्मरण गर्दै उनले उपाध्यक्ष हुन आफू परिपक्व भएको जनाएका छन्। ुआजसम्म तपाईंहरुबाट प्राप्त स्नेह र एनआरएन अभियानमा मैले हासिल गरेको अनुभवको आधारमा मित्रहरुसँग सरसल्लाह गरी संघको केन्द्रिय उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छुु, उनले भनेका छन्।

प्रकाशित: २१ आश्विन २०७४ ०१:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App