८ वैशाख २०८१ शनिबार
समाज

पूर्वी नाका ठप्प पारेको भारतीय पुल (फोटो फिचर)

विराटनगर– भारी वर्षाले साउनको अन्तिम साता पूर्वी नेपाल डुबानमा परे । पानीको बहाब र गहिराइ यतिबिध्न तीब्र थियो कि एक सयजना बढीको ज्यान नै गयो । धनमालको यकिन क्षतिको विवरण अझै सार्वजनिक भइसकेको छैन् ।
    वर्षाको पानी र बाढीले पूर्वी नेपालमा त जनधनको क्षति पु¥यायो नै, सीमावर्ती भारतीय बजार जोगवनीस्थित मीरगञ्ज पुल र रेल्वे ट्रयाकमा क्षति पु¥याउँदा आवातजावत नै अवरुद्ध बन्यो । रातदिन हजार भन्दा बढी कामदार खटाएर रेल्वेको ट्रयाक मर्मत गरिएपनि भारतीय पक्षले भने पुलको मर्मतमा चासो देखाएन् ।
    जोगवनी नाकाबाट भारत र तेस्रो मुलुकबाट वस्तुको आयात–निर्यात ठप्प छ । भिमनगर–भण्टाबारीबाट रि–रूट गरेर आयात–निर्यात गर्दा प्रति मालवाहक गाडि ५० हजार रुपैयाँ बढी खर्च भइरहेको छ । करिव एकसय ७५ किलोमिटर बढी घुमेर मालवाहक गाडि विराटनगर भन्सारमा आइरहेको छ । त्यति मात्र होइन, मीरगञ्ज पुल सञ्चालनमा नआउँदा विराटनगर भन्सार कार्यालयको राजस्व पनि सुकेको छ । मुलुकमै धेरै बढी राजस्व संकलन गर्ने तेस्रो भन्सार हो, विराटनगर ।
मीरगञ्ज पुलको उत्तरपट्टिको भाग पानीको तीव्र वाहवले भाँसिएपछि भारतीय पक्षले पुलको दुबैपट्टि भारी सवारीसधान छिर्न नसक्ने गरी घेरा लगाइदिए । सानो र हलुका गाडिको अवातजावत भइरहेकाले पनि पुलको क्षतिले भारतीय पक्षलाई खासै नोक्सानी गरेनन् ।
    मर्मतमा भारतीय पक्षले खासै चासो नदेखाएपछि नेपाली आयात÷निर्यातकर्ताका लागि मीरगञ्ज पुल ‘टाउँको दुखाइ’ बन्यो । जे–जति प्रयत्न गरेपनि पुल मर्मतको काम महिना दिन बित्दा पनि अगाडि बढेन् । नेपाली आयात–निर्यातकर्ताले पुल मर्मतका लागि सरोकार राख्ने भारतका सबै सरकारी निकायलाई गुहारे ।
    फलाम सिस्टमको मीरगञ्जको पुल निकै पुरानो हो । ‘फास्ट कनेक्टिभीटि’ का लागि झण्डै ४५ वर्ष अगाडि बनाइएको मीरगञ्जको पुल नेपाली आयात–निर्यातकर्ताकै लगातारको ताकेतापछि मर्मतसम्भार भइरहेको छ । त्यो पुलको मर्मत गर्ने टिम विहारको दरभंगामा मात्रै उपलब्ध रहेकाले पनि निर्माणमा ढिलाइ भएको भारतीय पक्षको भनाइ छ ।
    मीरगञ्ज पुलको भाँसिएको भागमा ग्रेडर हालेर मर्मत गरिएको छ । पुलमुनि नयाँ फलाम लगाइएको छ । भाँसिएको भागको सपोटका लागि फलामको पिलर थपिएको छ । भारतीय पक्षले अर्को सातादेखि पुलबाट भारी सवारीसधान पनि सञ्चालनमा आउने बताएपछि नेपाली आयात÷निर्यातकर्ता हर्षित बनेका छन् ।

प्रकाशित: २१ आश्विन २०७४ ०७:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App