coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

३ करोड ८० लाखको एउटा कचौरा

हङकङ– हङकङमा चुनढुङगाबाट बनेको एक कचौरा ३ करोड ८० लाखमा बिक्री भएको छ।  

उक्त कचौरा किन्नका लागि एक व्यक्तिले ३ करोड ८० लाख अमेरिकी डलर तिर्नमा तत्परता देखाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा उल्लेख गरिएको छ। 

करिब १ हजार वर्ष पूरानो इतिहास बोकेको उक्त कचौरा चीनका सांग राजवंशले प्रयोग गरेको अध्ययनबाट पत्ता लागेको छ।

निलो  र हरियो रंङ मिसिएको उक्त कचौरा १३ सेन्टिमिटर लामो छ । २० पटकसम्म मूल्यमा विवाद भएपश्चात उक्त कचौराको मूल्य ३ करोड ८० लाख निर्धारण गरिएको हो। 

उक्त कचौर किन्ने व्यक्तिले त्यसलाई संग्रहालयमा राख्न सक्ने अनुमान गरिएको छ। 

प्रकाशित: २१ आश्विन २०७४ ११:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App