८ वैशाख २०८१ शनिबार
समाज

टिसर्ट लगाएको व्यक्तिले चलाएको थियो गौचनमाथि गोली (भिडियो/फोटो)

गौचन चढेको क्षतिग्रस्त गाडी। तस्विरः केशव थोकर

काठमाडौं—निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन चढेको बा १३ च ४९४८ नम्बरको ल्यान्डक्रुजर गाडी सोमबार दिउँसो खरिबोटतर्फ आउँदै थिए। त्यही बेलै उनीमाथि रिभल्वरबाट गोली प्रहार भयो। गोली लागेका उनी गाडीभित्रै ढलेका थिए। अर्धचेत भइसकेका उनलाई तत्कालै अस्पताल पुर्‍याइएको थियो।

'अगाडिको सिटलाई ताकेर ड्याङ-ड्याङ गोली चलेको देखियो', घटनाका प्रत्यक्षदर्शी शरद सुवेदीले नागरिकन्युजसँग भने, 'रिभल्वरले गोली हान्ने ती व्यक्ति गुलाबी रंगको टिसर्ट लगाएका थिए।'

प्रत्यक्षदर्शीका अनुसार आक्रमणकारीले सुरुमा गडीमाथि ढुंगा प्रहार गरेका थिए। ढुंगा प्रहारपछि चालक अलमलमा परेका बेला गोली प्रहार गरिएको थियो। 'अगाडिको सिटलाई ताकेर ड्याङ-ड्याङ गोली चलेको देखियो', घटनाका प्रत्यक्षदर्शी शरद सुवेदीले नागरिकन्युजसँग भने, 'रिभल्वरले गोली हान्ने ती व्यक्ति गुलाबी रंगको टिसर्ट लगाएका थिए।'

गोली प्रहारपछि गुलाबी रंगको टिसर्ट लगाएका ती व्यक्ति घटनास्थलभन्दा उत्तर दौडिएका थिए। त्यहाँ मोटरसाइकलमा अर्का एक व्यक्ति पर्खिरहेका थिए। त्यही मोटरसाइकल चढेर सुटर भागेको उनले जानकारी दिए।

अस्पताल पुर्‍याइएका उनलाई चिकित्सकले मृत घोषित गरेका थिए।

'दोषीलाई कारवाही नभएसम्म शव बुझ्दैनौं'

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको शव बुझ्न परिवार तथा संगठनका व्यक्तिहरुले अस्वीकार गरेका छन्। दोषीलाई कारवाही नभएसम्म शव नबुझ्ने अडान उनीहरुले लिएका छन्।

'दिनदहाडै काठमाडौंमा एउटा व्यवसायीको हत्या हुनु गम्भीर कुरा हो। हत्याका दोषीलाई कारवाही नभएसम्म हामी शव बुझ्दैनौं', निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष एवं काँग्रेस नेता जिपि छिरिङ लामाले नागरिकन्युजसँग भने।

फोटो/भिडियो: केशव थोकर

गौचन चढेको क्षतिग्रस्त गाडी। तस्विरः केशव थोकर
गौचन चढेको क्षतिग्रस्त गाडी। तस्विरः केशव थोकर
गौचन चढेको क्षतिग्रस्त गाडी। तस्विरः केशव थोकर
गौचन चढेको क्षतिग्रस्त गाडी। तस्विरः केशव थोकर
गौचन चढेको क्षतिग्रस्त गाडी। तस्विरः केशव थोकर
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App