७ वैशाख २०८१ शुक्रबार
अर्थ

रसुवामा स्वदेशी पर्यटकको तथ्याङ्क राखिने

रसुवास्थित लाङटाङ ट्रेकिङ रुटमा पर्ने केन्जिङ री प्रथमबाट रि दोस्रो तर्फ गइरहेका स्वेदशी पर्यटक। तस्विरः कृष्ण ढुंगाना

रसुवा— रसुवामा कार्तिक महिनादेखि स्वदेशी पर्यटकको पनि तथ्याङ्क राखिने भएको छ। जिल्लामा पछिल्लो समय स्वदेशी पर्यटकको आगमनमा वृद्धि हुन थालेपछि लाङटाङ राष्ट्रिय निकुञ्जले तथ्याङ्क राख्न लागेको हो। 

जिल्ला भित्रिने स्वदेशी पर्यटकको तथ्याङ्क नराख्दा पर्यटक हराउने, असुरक्षा बढ्ने, यकिन तथ्याङ्क नभेटिने लगायतका समस्या आउने गरेका छन्। हिमाली राष्ट्रिय निकुञ्ज नियमवाली २०३६ अनुसार नेपालीलाई शुल्क नलाग्ने भएकाले तथ्याङ्क राख्ने नगरिएको निकुञ्जले जनाएको छ।

वार्षिक २५ करिब हजार स्वदेशी पर्यटक जिल्ला भित्रिने गरेको अनुमान छ। अन्य क्षेत्रमा होटल व्यवसायीले स्वदेशी पर्यटकको तथ्याङ्क राख्ने गरेको तर यहाँ त्यो अवस्था नरहेको बताउँदै उनले अबका दिनका होटललाई समेत तथ्याङ्क राख्नका लागि निर्देशन दिने बताएका छन्। 

कुञ्जका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीले भने, ‘विदेशी तथा सार्क राष्ट्रका पर्यटकले निकुञ्ज प्रवेशका लागि प्रवेश शुल्क तिर्नुपर्ने भएकाले तथ्याङ्क राख्ने गरिए पनि नेपालीले शुल्क तिर्नु नपर्ने हुँदा तथ्याङ्क राख्ने नगरिएको हो। समस्या देखिन थालेकाले अर्को महिनाबाट स्वदेशी पर्यटकको पनि तथ्याङ्क राख्न सुरु गर्छौं।’ 

वार्षिक २५ करिब हजार स्वदेशी पर्यटक जिल्ला भित्रिने गरेको अनुमान छ। अन्य क्षेत्रमा होटल व्यवसायीले स्वदेशी पर्यटकको तथ्याङ्क राख्ने गरेको तर यहाँ त्यो अवस्था नरहेको बताउँदै उनले अबका दिनका होटललाई समेत तथ्याङ्क राख्नका लागि निर्देशन दिने बताएका छन्। 

स्वदेशी पर्यटक बढे, होटल व्यवयासी उत्साही
रसुवामा स्वदेशी पर्यटक बढेपछि होटल व्यवसायी उत्साही बनेका छन्। दशैँ सकिए लगत्तै जिल्लामा स्वदेशी पर्यटकको आगमन बढेपछि जिल्लाको होटलहरु भरिभराउ भएका छन्। केही वर्षअघिसम्म नेपाली राख्न नरुचाउने होटल व्यावसायीले अहिले नेपाली आउँदा उत्साहित हुने गरेका छन्। विदेशी पर्यटकले भन्दा नेपालीले बढि खर्च गर्ने गरेका व्यवसायी बताउँछन्। 

दशैँपछि जिल्लामा दैनिक डेड सय स्वदेशी पर्यटक आइरहेको अनुमान छ । जिल्ला सदरमुकाम धुन्चे, स्याफ्रु, गोसाइँकुण्ड पदमार्ग र लाङटाङ पदमार्गमा सञ्चालित होटलहरु अहिले पर्यटकले भरिएका छन्। केही वर्ष पहिलेसम्म मेला पर्वको अवसरका मात्र पर्यटक भित्रने गरेपनि अहिलेका युवा पुस्ता अन्य समयमा घुमफिर गर्न मन पराउने भएका कारण पनि बाह्रै महिना पर्यटक आउन थालेका छन् । 

सामुहिक रुपमा घुम्न मन पराउने युवाहरु न्युनतम पाँच जनादेखि १५ जनासम्मको समुहमा आउने गरेका छन् ।  पर्यटकीय क्षेत्र लाङटाङमा विदेशी पर्यटक भन्दा पनि स्वदेशी पर्यटक बढेको सोही क्षेत्रका पर्यटन व्यवसायी दिण्डुप तामाङले बताए । ‘यहाँ दैनिक करिब ५० जना आउने गरेका छन्, जसको कारण भूकम्पले थिलोथिलो पारेको व्यवसाय विस्तारै उठ्दै गएको छ’, उनले भने।

जिल्लामा सञ्चालित होटल व्यवसायीले स्वदेशी पर्यटकबाट मनग्य आम्दानी गरिरहेका छन्। स्वदेशी पर्यटकले न्युनतम पाँच हजारदेखि १५ हजारसम्म खर्च गर्ने गरेका छन् । जसका कारण पर्यटन व्यवसायी र होटल व्यवसायीलाई फाइदा पुगेको छ । यो समयमा धार्मिकस्थल गोसाइँकुण्ड, तेस्रो गन्तव्यस्थल लाङटाङ, ऐतिहासिकस्थल रसुवागढी, कालो गाउँको रुपले परिचित गत्लाङ र थुमनको नागथलीमा जाने स्वदेशी पर्यटक बढी छन्।

पर्यटकीय जिल्ला रसुवामा धार्मिक, सांस्कृतिक, प्राकृतिक, ऐतिहासिकस्थल हुनुका साथै विश्व कै दुर्लभ रेडपाण्डा, हिमचितुवा लगायतका जीवजन्तुको अध्ययन, अवलोकन गर्नका लागि स्वदेशी तथा विदेशी पर्यटक भित्रने गरेका छन् । जिल्लामा साना–ठूला गरी डेड सयको हाराहारी होटल सञ्चालनमा रहेका छन् । 

 

प्रकाशित: २५ आश्विन २०७४ १२:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App